१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

विशेष अदालतको अनौठो फैसला



काठमाडौं । विशेष अदालतले उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । अदालतले दुई फरक प्रकृतिको मुद्दालाई एकसाथ हेरेर सफाइ दिएको हो ।

विशेष अदालतका सदस्य रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारूको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि विशेष अदालतले एकैसाथ दुई मुद्दा राखेर एकैदिन सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा २७ कात्तिक २०७५ मा थापामाथि घुस रिसवतको मुद्दा दायर गरेको थियो । यसैगरी, गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै २६ माघ २०७८ मा अर्को मुद्दा पनि दायर भएको थियो ।

उच्च सरकारी वकिलको कार्यालय पोखराको प्रमुख हुँदा सहन्यायाधिवक्ता थापाले पाँच लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले ठगी मुद्दामा जोडिएका एक व्यक्तिविरुद्धको मुद्दा माथिल्ला अदालतमा नलैजाने सर्तमा उनका बाबुसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए । रंगेहात पक्राउ परेपछि सहन्यायाधिवक्ता थापाले बरामदी मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेर आफूलाई फसाइएको भनी बयान दिएका थिए ।

त्यस्तै, अदालतले अदालतले थापालाई गैरकानुनी सम्पत्ति आर्जनको आरोपबाट समेत सफाइ दिएको छ । थापामाथि गत माघमा अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग लगाएको थियो ।

रंगेहात घुस र गैरकानुनी सम्पत्तिआर्जन दुवै भ्रष्टाचारसम्बन्धी अभियोग भए पनि यिनीहरूको प्रकृति, प्रमाण बुझ्ने तरिका फरक हुन्छ । विशेष अदालतले २३ चैत २०७८ मा एकअर्कासँग सम्बन्धित नभएका रंगेहात घुस र गैरकानुनी सम्पत्तिआर्जनका दुई मुद्दालाई एकसाथ (लगाउमा) राख्ने आदेश गरेको थियो ।

वैध आय १ करोड ७६ लाख ७६ हजार हुनुपर्नेमा उनको सम्पत्ति र खर्च २ करोड ३७ लाख ७८ हजार रुपैयाँभन्दा बढी रहेको अख्तियारको अनुसन्धानले देखाएको थियो । जसपछि ६१ लाख रुपैयाँको वैध स्रोत खुल्न नसकेको निष्कर्षमा अख्तियार पुगेको थियो ।

‘निज राष्ट्रसेवक भएपश्चात् के-कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको हुँदा मनासिव कारणबिना निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम श्रीमती अञ्जु खड्का थापाको नाममा ट्रक खरिद, जग्गा खरिद, घरनिर्माण एवं विभिन्न बैंकहरूमा जम्मा गरेको’ दाबी अख्तियारको थियो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : ०९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज