७ माघ २०८२, बुधबार | January 21, 2026

नेपाल पनि मंकीपक्सको जोखिममा



काठमाडौं । हाल दक्षिण अफ्रिकासहित विश्वका १४ भन्दा बढी देशमा फैलिरहेको मंकीपक्स भाइरस नेपालमा पनि फैलनसक्ने जोखिम रहेको विज्ञले औंल्याएका छन् ।

संक्रमित देशहरूबाट आवत-जावत भइरहेकाले नेपाल मंकिपक्सको जोखिममा रहेको उनीहरूको तर्क छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अफ्रिकी मुलुकमा करिब एक महिनाअघि देखिएको यो भाइरसबाट विभिन्न १४ मुलुकमा गरी २ सय जना संक्रमित भइसकेका छन् ।

मंकीपक्स भाइरस बाँदर, मुसा, लोखर्के, जंगली जनावरबाट मानिसमा संक्रमण भएको र पछि मानिसबाट मानिसमा फैलिएको डब्लुएचओले जनाएकोे छ । संक्रमित व्यक्तिको घाउबाट निस्केको तरल पदार्थ, मुखबाट खोक्दा निस्कने छिटा र यौन सम्पर्कबाट समेत यो भाइरस सर्ने पछिल्लो अध्ययनले औंल्याएको छ । संक्रमित राष्ट्रहरूमा समलिंगीहरूमा यो संक्रमण बढी फैलिएकाले यौन सम्पर्कबाट पनि सर्ने देखिएको हो ।

मंकीपक्स संक्रमण भएपछि छालामा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन् । यो भाइरसले शरीरका अन्य अंगमा असर गरी बिरामीको मृत्युसमेत हुन सक्छ । सामान्य अवस्थामा यो भाइरस संक्रमणका लक्षण २१ दिनपछि आफैं हराएर जाने विज्ञ बताउँछन् । चिकित्सकका अनुसार यसको असर बढी मात्रामा बालबालिका र वृद्धवृद्धामा पर्छ ।

संक्रमण भएमा तीन दिनदेखि चार सातासम्म लक्षण रहने भएकाले यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना बढी रहन्छ । आजको नागरिक दैनिकमा पवित्रा सुनारले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : २३ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत