१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जलवायु परिवर्तनले पृथ्वीमा असर गरिरहँदा यो प्राणीले लिएको छ फाइदा



न्युयोर्क । अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स-साना किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन् । तापक्रममा भएको बृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ ।

वर्षा सिजनले जनावर र विरुवाको वासस्थान नाश भइरहेको छ । बढ्दो खडेरी र अप्रत्यासित हिमपात पृथ्वीका प्राणी जाेखिममा छन् ।

यद्यपि, बढ्दो तापमानले वास्तवमा एउटा प्रजातिलाई फाइदा गरेको छ । त्यो हो र्‍याटलस्नेक । अमेरिकाको मिसिगन विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि र्‍याटलस्नेकहरू चिसो रगत भएका प्राणी भएकाले उच्च तापक्रम मन पराउँछन् ।

न्यानो जलवायुका कारण उनीहरूले उजाडयुक्त स्थानमा बढी समय बिताउँने र कम समय सुत्ने एउटा नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनका लागि अनुसन्धानकर्ताहरूको समूहले प्रशान्त क्षेत्रका र्‍याटलस्नेकको जाँच गरेका थिए । यी सर्पहरू ८६ देखि ८९ डिग्री फरेनहाइट तापक्रम मन पराउने पत्ता लागेको थियो । प्रशान्त क्षेत्रका र्याटलस्नेक दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा पाउन सकिन्छ । तिनीहरू वासिंगटन जस्तो चिसो क्षेत्रमा पनि बस्न सक्छन् ।

युनिभर्सिटी अफ मिसिगनमा विद्यावारधीका छात्र हेली क्रोवेलले भने, ‘उनीहरू उत्तम संसारमाभन्दा चिसो तापक्रममा रहन्छन् । जलवायुमा केही डिग्री वृद्धि भयो भने पनि उनीहरू खुशी हुन सक्छन् किनभने यो ताापक्रम उनीहरूले मन पराउछन् । ’

शिकार तथा पानीको कम उपलब्धता र जंगलमा लागेको आगोको जोखिम बढेकोले रेटलस्नेकहरूले नकारात्मक प्रभावहरूको सामना पनि गरेका छन् । तर, र्‍याटलस्नेकमा अन्य जनावरमाभन्दा न्यून मेटाबोलिजम हुने र बाँच्नका लागि धेरै खानेकुरा आवश्यक नपर्ने क्रोवेलको भनाइ छ ।

अध्ययन इकोलोजी एन्ड इभोलुसन जर्नलमा प्रकाशित छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  १० : २८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा