६ श्रावण २०८३, बुधबार | July 22, 2026

भोलिदेखि बुटवल १२ ढवाहामा रमाइलो मेला सञ्चालन हुँदै



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढबाहमा भोलीदेखि रमाइलो मेला सञ्चालन हुने भएको छ ।

जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुटवल-१२ ढबाहामा रहेको पीस पार्कमा रमाइलो मेला गर्न लागेको हो ।

पीस पार्क क्षेत्रको प्रचारप्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका प्रबन्ध निर्देशक राजवीर जैसवालले बताए ।

२९ गतेसम्म चल्ने मेलामा ७० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुकोको प्रस्तुति रहने जैसवालले जानकारी दिए । मेला सम्पन्न गर्न ४० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । मेलामा ८० भन्दा बढी स्टलहरू रहनेछन् ।

डेढ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकको दावी छ । मेलाको सहयोगीमा बुटवल उपमहानगरपालिका, मनकामना युवा क्लव, बुटवल वडा न १२ कार्यालय, ग्लोबल पीस पार्क रहेका छन् ।

सो अवसरमा मनकामना युवा क्लवका सल्लाहकार मधु पुलामीले ढबाहामा पहिलोपटक आयोजित मेलाले त्यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष दीपक पुन, सल्लाहकार ढुण्डीराज खनाल, किरण खनाल लगायतले बोल्दै पहिलोपटक हुन लागेको मेला सफल बनाउन सबैको सहयोग रहने बताए ।

 

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ७ : २३ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा