१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

देश बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक : एमाले महासचिव पोखरेल



काठमाडौं । नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद बैठकको उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् । उनले दलहरुको गठबन्धनले देश बनाउन नसकिने बताए ।
महासचिव पोखरेलले जति धेरै राजनीतिक दलहरु हुन्छन उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने जिकिर गरे । देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नुपर्ने उनको तर्क छ । महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरु राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए । उनले भने – ‘दुनियाँमा कहीँपनि गठबन्धनले देश बनाएको, दलहरु मिलेर देश बनाएको भन्नेकुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । आज मुलुकको राजनीतिलाई गठबन्धनतर्फ लाने जुन कोसिस भएको छ । यो राष्ट्र निर्माणको बाटो होइन । प्राविधिक रुपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन । राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । जति धेरै राजनीतिक दलहरु त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दलहरु त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दलहरु त्यति धेरै वैदेशिक हस्तक्षप । यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो । पीडा हो । यदी हामी राष्ट्र बनाउन चाहान्छौँ भने त्यो अवस्थाबाट मुलुकलाई मुक्त गर्नु जरुरी छ र नेपालमा थोरै, बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नु जरुरी छ । होला असन्तुष्टिहरु बालेनका रुपमा वा साम्पाङका रुपमा बेला बखत प्रकट हुन्छन । तर त्यो राज्य सञ्चालकको प्रवृत्ति होइन । एकप्रकारले भन्ने हो भने त्यो राजनीतिमा नो भोटको प्रवृत्तिका रुपमा त्यस्ता पात्र, प्रवृत्तिहरु देखा पर्छन । त्यसअर्थमा राजनीतिक दलहरुले मुलुकलाई सहि प्रकारको विकल्प दिन नसक्दाखेरी मतदाताहरुले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरु विजेता बनेका छन तर मुलुकलाई नेतृत्व गर्ने सहि बाटो होइन । र उनीहरु साच्चै राजनीतिमा सफल हुन चाहान्छन भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । स्वतन्त्र व्यक्तिहरुका लागि कुन पार्टी मन पर्छ उनीहरुको छनौटको अधिकारको कुरा हो । तर एक्लै समाजलाई बदल्छु भन्नेखालको कुरा यो न हिजो सम्भव भएको थियो । न भोलि सम्भव हुन्छ ।’

महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको बताए । व्यापारीहरुले आयातमुखि नीति फेरि नआउने ठानेर अस्वभाविक रुपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चितीमा ह्रास आएको उनले बताए । उनले भने– ‘विदेशी मुद्राको सञ्चितिमा यसप्रकारको गिरावटको कारण के हो, सहि प्रकारको नीतिले त्यस्तो भएको हो ? मलाई लाग्दैन । हाम्रा आम नीतिहरु सहि हुँदाहुँदै सञ्चितिमा गिरावट आयो भन्ने कुरा मलाई लाग्दैन । आयातका लागि एलसी स्वीकृत गर्नेकुरा भनेको राष्ट्र बैंकको निगरानी भन्दा बाहिर हुन्छ भन्ने मलाई लाग्दैन । र भन्सार नीतिमा जुन प्रकारको हेरफेर गरिन्छ, त्यो हेरफेरको प्रभाव नै आयातमा अस्वभाविक वृद्धि भयो । के अर्थमा व्यापारीहरुले लिए त भन्दाखेरी यसप्रकारको आयातमुखि नीति भविष्यमा फेरी प्राप्त हुँदैन भन्ने प्रकारको मान्यता बनाए र उनीहरुले अस्वभाविक ढंगले आयात गर्ने काम गरे । जसका कारणले गर्दाखेरी विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य ह्रास आयो ।’

पोखरेलले राज्यले हुण्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको आरोप लगाए । रेमिटयान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उनले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राखे । सरकारले स्रोत नखुलेको लगानी भित्राउने नीति अगाडि बढाएसँगै बजारबाट पैसा हराएको उनले बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ५ : १९ बजे

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,