९ भदौ २०८३, मंगलबार | August 26, 2026

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ



खलङ्गा । जुम्लाका किसानलाई कालीमार्सी धान रोप्न भ्याइनभ्याइ भएको छ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ ।

जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ । यतिबेला चन्दननाथ नगरपालिका तथा तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा जेठबाटै रोपाइँ सुरु भएको कृषि विकास कार्यालयका प्राविधिक सुकीराम नेपालीले जानकारी दिए । बाह्रैमास सिँचाइ सुविधा पुगेका र खोला आसपासका खेतमा रोपाइँ छिटो हुने गरेको छ ।

“सिँचाइ पुगेका ठाउँमा रोपाइँ गर्न सहज भएको छ,” उनले भने, “असारसम्म जिलाका सबै ठाउँमा रोपाइँ सकिन्छ ।” पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान त्यसतर्फ आकर्षित भएका छन् । जिल्लामा दुई हजार ८०० हेक्टरमा धानखेती हुने गरेको छ ।

समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा मार्सी धान फल्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ । काठमाडौंलगायत देशका विभिन्न सहरमा यसको माग अत्यधिक छ । यो धान चैतमा रोपेर कात्तिकमा काट्ने गरिन्छ । पातारासी गाउँपालिकास्थित छुमचौरमा पनि कार्लीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कार्लीमार्सी धान रोपिएको हो । दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको छ ।

कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि सो स्थानमा धान रोप्न थालिएको हो । चन्दननाथ मन्दिरको शेरा जिउलाबाट धानको बेर्ना ल्याएर छुमचौर जिउलोमा रोपाइँ सुरु भएको हो । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले सो जिउलोमा २०० रोपनी जग्गामा धान रोपेको महताराले बताए ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ११ : १२ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त