२५ भदौ २०८३, बिहिबार | September 10, 2026

कांग्रेस अहंकारको बाटोमा छैन, गठबन्धन सङ्घीय निर्वाचनसम्म जान्छ : प्रवक्ता महत



चितवन। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय तहमा भएको गठबन्धन आउने निर्वाचनसम्म जाने बताएका हुन् ।

स्थानीय तहको निर्वाचन समग्रमा सकारात्मक परिणाम आएको भन्दै उहाँले गठबन्धनको बैठकमा भएको निर्णयलाई आधार मान्न नेता कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसले अहंकार कहिल्यै नराखेको भन्दै उनले गठबन्धन दलका नेताहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षणका क्रममा बोलेको कुराले खासै महत्व नराख्ने बताए । हालै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रशिक्षणका क्रममा बोलेको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “नेपाली कांग्रेस अहंकारको बाटोमा छँदै छैन, प्रचण्डले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भनेको कुरालाई धेरै महत्व दिनुपर्छ भन्ने लाग्दैन ।”

आउने जिल्ला समन्वय समितिको निर्वाचनमा समेत गठबन्धनका दलबीच सहमति भएको भन्दै उनले सोही निर्णयानुसार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, “गठबन्धनका नेताबीचमा भएका सहमति प्रतिबद्ध भएर पालना गरौँ ।”

कहीँकतै अपवादका रुपमा गठबन्धन विरोधी गतिविधि भएको उनले बताए । केही ठाउँमा अपवादबाहेक स्थानीय तहको निर्वाचनको परिणाम सकारात्मक आएको उनले बताए । पाँच दलीय गठबन्धनको सफल परीक्षण भएको भन्दै उनले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनका दलबीच सहकार्य हुने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  १२ : १३ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार