१२ बैशाख २०८१, बुधबार | April 24, 2024

मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौं । मूल्यवृद्धि घटाउन राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मटिटतेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव दर्ता भइ सदनमा पेस भएको हो ।

देवेन्द्र दाहाल प्रस्तावक र भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मटिटतेल लगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनिकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधिको बिरुद्धमा मूल्यवृद्धि गरेको आरोप लगाए । उनले मूल्यवृद्धिले गर्दा गरिब, सीमान्तकृत, कमजोर, आयश्रोत भएका वर्ग, विद्यार्थी लगायत आम जनताको दैनिक जनजीवनमा पार्ने असरबारे अर्थशास्त्रीय दृष्टिकोणबाट गरिएको बहुआयामिक प्रभावसहितको विश्लेषणात्मक प्रतिवेदन माग गरे । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै गठबन्धन सरकारले जनतालाई फलफूल, तरकारीमा पनि मूल्यवृद्धिको उपहार दिएको बताए ।

दाहालले भने, ‘यसमा हाम्रो उददेश्य के हो भने चुहावट, कमिसन, अत्याधिक करलाई न्युनिकरण गर्न खाना पकाउने ग्यास, पेट्रोल, डिजेल र मटिटतेल लगायतका पदार्थको मूल्य घटाउन, सरकारले के कस्तो गृहकार्य गरिरहेको छ ? पेट्रोल र डिजेलमा १० रुपैयाँ बढाइएको थियो, त्यो १० रुपैयाँ घटाएर मात्रै यसको समाधान हुन्छ वा के गृहकार्य गरिरहेको छ ? मूल्यवृद्धिले गर्दा गरिब, सीमान्तकृत, कमजोर, आयश्रोत भएका वर्ग, विद्यार्थी लगायत आम जनताको दैनिक जनजीवनमा पार्ने असरबारे अर्थशास्त्रीय दृष्टिकोणबाट गरिएको बहुआयामिक प्रभावसहितको विश्लेषणात्मक प्रतिवेदनको सन्दर्भमा सरकारसँग हामीले यो खालको प्रतिवेदन माग गरेका छौँ । बजार र मूल्यवृद्धिलाई हेर्दा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार पेट्रोलियम पदार्थको परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान थियो, त्यसको बिरुद्धमा वा त्यसको विपरित यो मूल्यवृद्धि गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि मात्रै होइन, गठबन्धन सरकारले अर्को उपहार पनि दिएको छ, दैनिक उपभोग्य वस्तुहरुमध्ये फलफूल तथा तरकारीको मूल्य हेर्ने हो भने वृद्धि भएको छ । २० प्रतिशतदेखि साढे ३७ प्रतिशतसम्म मूल्यवृद्धि एकाध महिनाभित्रमा भएको छ ।’

जरुरी सार्वजनिक महत्वको प्रश्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले सरकारले नेपाली जनताको आर्थिकस्तरले धान्नै नसक्नेगरी मूल्यवृद्धि गरेको आरोप लगाए । उनले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै संविधानले दिएको सम्मानजनक बाच्न पाउने अधिकारसमेतलाई छिनेको बताए ।
श्रेष्ठले भने, ‘सरकारले नेपाली जनताको आर्थिकस्तरले धान्नै नसक्नेगरी मूल्यवृद्धि गरेको छ, यो वास्तवमा नेपाली जनताको बाच्न पाउने संविधानले दिएको सम्मानजनक बाच्न पाउने अधिकारसमेतलाई छिनेको छ । यो चिन्ताको विषय छ । सरकारले १५ दिनमा समायोजन गर्ने भन्ने नियम आफैँले बनाएर आफैँले पालना गर्नुनपर्ने हो भने यो नियम कसले पालना गर्छ ? यो गम्भीर छ ।’

त्यस्तै जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने राज्यको उद्देश्यमाथि वर्तमान सरकार गैरजिम्मेवार भएको आरोप लगाइन । उनले भनिन, ‘नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने राज्यको जुन मुल उददेश्य छ, त्यसमाथि वर्तमान सरकारले गैह्रजिममेवारी देखाउँदा जनतामा ठूलो आघात पुगेको छ । हप्तैपिच्छेको मूल्यवृद्धिले प्रचलति कानूनको उल्लंघन र जनताको जीविकामा समस्या परेको छ ।’

जरुरी सार्वजनिक महत्वको प्रश्तावको समर्थन गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सरकारले पेट्रोलियम पदार्थलाई व्यापारिक वस्तुको रुपमा मात्र लिएको जस्तो अनुभुति हुन थालेको बताए । ‘नेपाल सरकारले पेट्रोलियम पदार्थलाई व्यापारिक वस्तुको रुपमा मात्र लिएको हो कि भन्ने देखियो । यो आधारभुत आवश्यक्ताको वस्तु भएकोले यसको मूल्य निर्धारणमा फरक सिद्धान्त अवलम्वन गर्नुपर्छ ।’, देवकोटाले भने । राष्ट्रिय सभा सदस्य देवकोटाले पेट्रोलियम पदार्थ आधारभुत आवश्यक्ताको वस्तु भएकोले मूल्य निर्धारणमा फरक सिद्धान्त अवलम्वन गर्नुपर्ने जनाए ।

राष्ट्रिय सभाको बैठकमा अहिले जरुरी सर्वाजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले छलफल गरेका छन ।

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  २ : ५९ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको