२९ असार २०८३, सोमबार | July 13, 2026

सबै मन्त्री फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी, नयाँ मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई



काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ ।

एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए ।

६ महिनाका लागि भनेर पठाएका उनीहरुलाई फिर्ता बोलाउँदा कसैले मन दुखाउन नहुने बताउँदै उनले पार्टीको निर्णय सबैले पालना गर्नुपर्ने बताए । बैठकमा पार्टीबाट मन्त्रिपरिषद् सदस्यका विषयमा समीक्षा हुने र उनीहरुलाई बोलाउने विषयमा छलफल भएको जानकारी दिएका उनले अब कसलाई पठाउने भन्ने विषय टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको जानकारी दिए ।

‘मन्त्रीहरूलाई ६ महिनाका लागि भनेर पठाएका थियौं, अहिले ६ महिनाभन्दा बढी भइसक्यो । उहाँहरूसँग शीर्ष नेताहरूले छलफल गरी समझदारी गर्छौँ,’ उनले भने, ‘उहाँहरूलाई पार्टीले पठाएको हो । पार्टीले फिर्ता बोलाउँदा आउनुहुन्छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’एकीकृत समाजवादीबाट मन्त्रिपरिषदमा एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ३ : २० बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही