७ पुस २०८२, सोमबार | December 22, 2025

बाँकेमा विजयी कांग्रेसका जनप्रतिनिधिहरुलाई बाँके कांग्रेसको सम्मान



नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले बाँकेका बिभिन्न पालिकाहरुबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस बाँकेले बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सञ्जय कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य गौतम, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, जिल्ला सभापति गौडेल लगायत अन्य अतिथिहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टिका र खादा लगाएर सम्मान एवं बधाई र शुभकामना दिएका थिए ।

बाँकेमा कांग्रेसबाट ६ जना प्रमुख/अध्यक्ष, ६ जना उपप्रमुख/उपाध्यक्ष र २८ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य एवम् वडा सदस्यहरुलाई कार्यक्रममा सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य संजय गौतमले पार्टीको शिर उँचो राख्ने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।उनले पार्टीको शाखलाई जोगाउँदै उत्कृष्ट सेवा प्रवाह र सुशासन कायम गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी लगायतले जनचाहना अनुसार काम गर्ने बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : ५४ बजे

राँझा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन माग

नेपालगन्ज । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रुपमा

माछापुच्छ्रे बैंकद्वारा अपाङ्ग आश्रमलाई बेड बिस्तारा र ब्ल्याङ्गकेट सहयोग

बुटवल । माछापुच्छ्रे बैंक लिमिटेड बुटवल शाखाले चिसो मौसमलाई मध्यनजर

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट

चर्चित नेता प्रल्हाद गिरिसहित विभिन्न जिल्लाबाट एमाले नेता तथा निर्वाचित जनप्रतिनिधि नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा ९एमाले० परित्याग गरी चार दर्जनभन्दा

नेप्से परिसूचकमा १३ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ८८