२५ भदौ २०८३, बिहिबार | September 11, 2026

नेपालगन्जको क्यासिनोबाट ७ जना नेपाली ‘डन’ पक्राउ



नेपालगन्ज । नेपालगन्जको होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ जना नेपालीलाई बाँके प्रहरीले पक्राउ गरेकोछ । क्यासिनोमा प्रवेश गरि धम्काउने र गुण्डागर्दी गरेको अभियोगमा ७ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले नेपालगन्जको धम्बोझी चोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित उक्त क्यासिनोबाट ७ जनालाई पक्राउ गरेको हो । क्यासिनोबाट पक्राउ पर्नेमा नेपालगन्जका मनोज विक, विपिन सिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह रहेका छन् । उनीहरुलाई आईतबार बेलुका करिब ७ बजे पक्राउ गरिएको हो ।

क्यासिनो भित्र प्रवेश गरि गुण्डागर्दी गर्ने, धम्क्याउने गरेकाले ती ७ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेशमा प्रतिबन्ध भएपनि नेपालगन्जमा सञ्चालित क्यासिनोहरु नेपालीहरुलाई लुकाई छिपाई जुवा खेलाउने कार्यमा बदनाम छन् ।

पक्राउ परेकाहरुलाई कानून बमोजिम कारबाही अगाडी बढाइने डिएसपी न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ८ : २४ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ