१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पत्रकार महासंघ रुपन्देहीद्धारा पालिका प्रमुखसँग अन्तरसंवाद



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले नवनिर्वाचित पालिका प्रमुखहरुसंग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तरसम्बाद कार्यक्रम मंगलबार बुटवलमा गरेको छ ।

उक्त अवसरमा जनप्रतिनिधिहरुले सञ्चारमैत्री भएर आफूहरुले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन भने सञ्चारकर्मीहरुले पालिकाहरुले मिडियाको भूमिकालाई सहि रुपमा बुझ्न र निति बनाउन सुझाव दिएका छन ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सञ्चार माध्यम र पत्रकारहरुसंग आवश्यक समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले सार्वजनिक जग्गा निकै कम रहेको बताउँदै सञ्चारक्षेत्रको बिकासमा संगसंगै हिड्ने बताए । उनले हप्तामा एक दिन पत्रकारहरु संग बसेर आवश्यक छलफल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

नगरप्रमुख पाण्डेले आफू निर्वाचित भएसंगै पहिलो बैठकबाट नै चौराहा-चिडियाखोला सडक मर्मतको काम गरेको बताए। उनले अब बर्खाको समय आउन लागेकोले यसको जोखिम ब्यवस्थापनको काममा लागेको बताए । निर्वाचन सकिएको १५ दिनमा घरदैलो र सम्मानमा गएको बताउदै यो जनचासो अनुरुप गरेको बताए ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा मर्यादित बनाउन पत्रकारको भुमिका निकै महत्वपूर्ण रहेको बताए । उनले राम्रो काम गर्ने र गलत गर्दा तोकेर समाचार लेख्न समेत आग्रह गरे । उनले पत्रकार र जनप्रतिनिधि बिचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताउदै सम्बन्ध बलियो भएमा समृद्धि आउने बताए ।

उनले निर्वाचनमा कुनै पार्टिबाट जितेपनी अब सबै जनप्रतिनिधि साझा बन्नु बताए । उनले जबाफदेहिता सहित काम गर्नुपर्ने बताए । उनले पत्रकार महासंघको समन्वयमा नै सुझाब लिएर अगाढि बढ्ने बताए ।

शुुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले मिडिया र सञ्चारले स्थानिय तह र जनप्रतिनिधिलाई आवश्यक स्थान दिन आग्रह गर्दै उनले आफू र स्थानीय तह सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफू मिडिया मैत्री बनेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले समय समयमा सुझाब दिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूूर्वा अध्यक्ष एव सल्लाहकार डा. बालकृष्ण चापागाईंले निर्वाचनमा फरक फरक पार्टीबाट जितेपनी समान सहभागीता हुने गरि काम गर्न सुझाब दिए ।

उनले स्थानीय मिडिया र पत्रकारको क्षमताले पालिकाको पहिचान दिने बताउदै क्षमता अभिबृद्धीमा ध्यान दिन आग्रह गरे । उनले मिडियालाई सहयोग गर्ने कुरामा दुबिधा रहेको बताउदै सस्थागत माध्यमलाई सहयोग गरेमा सञ्चार क्षेत्र बलियो हुने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीले समान सहभागीतालाई ध्यानमा दिन आग्रह गरे । उनले प्रेस बोर्ड गठन गरेर सञ्चार क्षेत्रसँग सहकार्य गर्न सक्ने बताए । पत्रकारले स्थानीय जनप्रतिनिधिलाई सहयोग गरेजस्तै जनप्रतिनिधिले पनि सहकार्य गर्न तयार रहनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एव सल्लाहकार यानेन्द्र जिसीले जनप्रतिनिधिहरु कार्यक्रममा अनुपस्थित हुने शैली मिडियामैत्री नभएको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले स्थानीय तहका जनप्रतिनिधिले बिज्ञापन दिदा मिडिया मैत्री बनाउन आग्रह गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै बरिष्ठ पत्रकार माधव नेपालले रुपन्देहीका सञ्चार माध्यमको अवस्थाको बारेमा जानकारी दिदै पालिकाले गर्नुपर्ने कामको बारेमा बताए । उनले सूचनामा सहज पहुँच, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, जनसहभागिता लगायतका बारेमा सुझाब दिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्थानीय तहले पत्रकार र सञ्चार माध्यमको अवस्थाको बारेमा ध्यान दिनुपर्ने बताए । उनले रुपन्देहीका स्थानीय तहले पत्रकारहरुको प्रवर्द्धनमा हुनुपर्ने काम सोचे अनुरुप हुन नसकेको बताए ।

स्थानीय तहहरुले यहाँका पत्रकारको विषयमा चासो देखाउनुपर्ने बताए । उनले पत्रकारितामा बुटवललाई मोफसलको राजधानी भनेर भन्ने गरिएको बताउदै पत्रकारको क्षमता वृद्धिगर्नमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा पत्रकारहरु यमलाल भुसाल, शरण कर्माचार्य, श्यामलाल पोखरेल, निरु गौतम लगायतले स्थानीय तहका जनप्रतिनिधिले मिडियामैत्री ब्यवहार देखाउन आग्रह गरे । उनीहरुले सञ्चार माध्यमलाई बजेट अनिवार्य छुट्टाउन पर्ने बताए । स्थानीय तह र जनप्रतिनिधिहरुले सुचना र अवसर दिदा लैङ्गिकमैत्री बनाउन आग्रह गरे । रुपन्देहीका १६ पालिका प्रमुखको सहभागितामा हुने कार्यक्रममा ३ पालिका प्रमुखलाई सहभागीता बनाएर अन्तरसम्बाद गरिएको थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलको अध्यक्षता, उपाध्यक्ष विश्वास ढकालको स्वागत, उपाध्यक्ष अमृता अनमोलको धन्यवाद ज्ञापन र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ५ : ०१ बजे

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स