२० मंसिर २०८२, शनिबार | December 6, 2025

उद्योगी व्यवसायीको समस्या बुझ्न व्रिटिस राजदूतावासको टिम बुटवलमा



बुटवल । ब्रिटिस राजदूतावासको टिमले बुटवल उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर उद्योगी व्यवसायीले व्यहोर्नुपरेको समस्याका विषयमा चासो व्यक्त गरेको छ । बुटवलका उद्योगी व्यवसायी भेट्न बुटवल पुगेको राजदूतावासको टिमले बुटवल उद्योग बाणिज्य संघका पदधिकारीहरुसँग छलफल गर्दै त्यस क्षेत्रका उद्योगी व्यवसायीहरुको समस्यामा चासो राखेको हो ।

मंगलबार बुटवल पुगेको ब्रिटिस एम्बेसीको टिमले सरकारी नीतिले औद्योगिक तथा व्यवसायिक क्षेत्रका पारेको प्रभाव तथा प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका समस्या, चुनौती र समाधानका उपायका बारेमा अन्तरक्रियाथ्मक छलफल गरेको हो ।

ब्रिटिस एम्बेसीको टिमले विशेष गरेर व्यवसायिक कृषि, पर्यटन, उत्पादनमुलक उद्योग, निर्माण तथा आईटी क्षेत्रका उद्योगी व्यवसायीसंग विकास क्रमको वर्तमान अवस्था, सरकारी नीति र सम्बन्धित क्षेत्रमा त्यसले पारेको प्रभावहरु, प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका सम्भावना, चुनौती र समाधानका उपायहरुका बारेमा चासो राखेको थियो ।

छलफल कार्यक्रममा बोल्दै एम्बेसीका निर्देशक अर्थशास्त्री प्रोफेसर अडनान खानले उद्यागी व्यवसायीलाई नीतिगत रुपमा के कस्ता समस्याहरु छन् र ती समस्या समाधान कसरी गर्न सकिन्छ भन्नको लागि कार्यक्रम आयोजना गरिएको बताए । उनले प्राप्त सुझाव सल्लाहहरु सम्बन्धित ठाउँमा पु¥याएर समाधानको लागि पहल गर्ने पनि जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्दै उद्योग व्यवसाय सञ्चालन गर्दा सरकारको नीतिका कारण उद्योगी व्यवसायी मर्कामा गरेको र कतिपय नीतिहरु सुधार गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गरे ।

त्यस्तै संघका कार्यक्रम अधिकृत केशव ढकालले संघका कार्यक्रम तथा योजनाको बारेमा जानकारी गराउँदै यस क्षेत्रको आर्थिक तथा व्यवसायिक अवस्था र विद्यमान नीतिहरुको बारेमा जानकारी गराएका थिए । अन्तरक्रिया कार्यक्रममा यु.के. ए.आई.डि. सीप परियोजनाका टिम लिडर बलाजित बोहोराले सहजिकरण गरेका थिए भने कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सम्भवत राजदूतावास स्तरबाट सिधै उद्योगी व्यवसायीको समस्या बुझ्दै हिँडेको यो नै पहिलो घटना हो ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ६ : ५७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय