७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

जुम्लाको गठबन्धनबाट जिसस प्रमुखमा आचार्य र उपप्रमुखमा थकाली निर्विरोध



जुम्ला । जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा गौरीनन्द आचार्य र उपप्रमुखमा जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गौरीनन्द आचार्य र नेकपा एकिकृत समाजवादीका जनक थकाली सहितको टिमको मात्रै मनोेनयन दर्ता भएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांगेसका तर्फबाट प्रमुख पदमा गौरीनन्द आचार्य र नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादीबाट उपप्रमुख पदमा थकालीको मात्रै मनोनयन दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको तर्फवाट प्रमुख सहित सात जना र नेकपा एकिकृत समाजवादीको तर्फबाट उपप्रमुख सहित २ जनाको मात्रै मनोनयन दर्ता भएको हो । जिल्ला समन्वय समितिको निर्वाचनमा जुम्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय प्रमुख चन्दननाथ नगरपालिका १ बाट खुला सदस्यमा निर्वाचित भएका थिए । आचार्य नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । उपप्रमुखमा मनोनयन दर्ता गराएका एकीकृत समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । थकालीले कार्यपालिका सदस्यमा निर्वाचित भएर उपप्रमुखमा मनोनयन दर्ता गराएका थिए ।

त्यस्तै नेपाली कांग्रेसबाट अन्य सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, एकीकृत समाजवादीका पदमबहादुर रावतले मनोनयन गरेका छन । यसैगरी महिला सदस्यमा खिमा लक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढाको मनोनयन दर्ता भएको छ । यसैगरी नेपाली कांग्रेसका नरविर सुनार दलित तथा अल्पसंख्याक सदस्य मनोनयन भएका छन् ।

जुम्लामा ८ वटा स्थानीय तह छन् । यस पटकको निर्वाचनमा कांग्रेसले ५ पालिकामा अध्यक्ष सहित २ उपाध्यक्ष र चन्दननाथमा नगरउपप्रमुख जितेको थियो । माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष उपाध्यक्ष र तातोपानी र पातारासी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले गोठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको हो ।

चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारले नगर उपप्रमुख जितको थियो । कुल १६ मतदातामध्ये ८ कांग्रेस, ६ माओवादी केन्द्र, १ समाजवादी र १ स्वतन्त्र छन् । समाजवादी र नेपाली कांग्रेसको गठवन्धन भएपछि माओवादीको उम्मेदवार मनोनयन भएको छैन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  १० : २० बजे

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त

राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज