१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बुटवल उपमहानगरको पहिलो कार्यपालिका बैठक : प्रशासनिक भवन सफाई गर्न ठेक्का, १६ हजार सुकुम्बासीले स-शुल्क निस्सा



बुटवल । बुटवल उपमहानगरको सबैभन्दा ठुलो वडाकारुपमा रहेको वडा नम्बर ११ को वडा कार्यालय परिषरमा बिपी-पुष्पलाल पार्क बन्ने भएको छ । नगर कार्यसमितिको आज बसेको पहिलो बैठकले नेपाली कांग्रेसका नेता स्व.बिपी कोईराला र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठको स्मृर्तिमा पार्क बनाउने निर्णय गरेको हो ।

बैठकको निर्णयका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पहिलो बैठकले बुटवल उपमहानगरको ११ नम्बर वडा कार्यालय रहेको खाली स्थानमा बिपी पुष्पलाल पार्क निर्माण गर्ने निर्णय गरेको जानकारी दिए । उनले उपमहानगर भित्र रहेका करिव १६ हजार भुमिहिन सुकुम्बासीहरुलाई बसोबासको निस्सा दिने निर्णय गरेको जानकारी दिए ।

पाण्डेले उपमहानगरको नवनिर्मित प्रशासनिक भवनको सरसफाई पुरानो प्रविधिबाट असम्भव देखिएको भन्दै भवन सरसफाईका लागि टेण्डर प्रक्रियाबाट कार्य अगाडि बढाउने निर्णय भएको पनि जनाए । उनले आफ्नो प्रतिवद्धता अनुरुप ज्योतिनगरको पहिरो नियन्त्रणको काम सुरु भइसकेको बताउँदै पाल्पाको बाटो हुँदै पहिरो पन्छाउने साधन डाँडा मागि पु¥याईएको र पानीको बहाव सिद्धबाबा तर्फ फर्काउने काम भइरहेको जानकारी दिए ।

बैठकले उपमहानगरका बिभिन्न विषयमा ११ वटा उपसमिति गठन गरेको नगर प्रमुख पाण्डेले जानकारी दिए ।

बैठकबाट सार्वजानिक सेवा तथा क्षेमता विकास उपसमिति संयोजकमा पदम गाहा, सामाजिक विकास उपसमिति संयोजकमा प्रदिप श्रेष्ठ, आर्थिक विकास उपसमिति संयोजकमा डिल्ली शर्मा आचार्य, पूर्वाधार विकास समितिमा नारायणसिंह पुन, वातावरण तथा विपद व्यवस्थापन संयोजकमा रामचन्द्र क्षेत्री, बिधेयक समिति संयोजकमा नरेन्द्र बस्नेत, उपप्रमुख संयोजक रहेको राजश्व परामर्श समिति सदस्यहरुमा नरेश्वर पौडेल र बसन्ती बिक, जाँचपास तथा फरफारक समिति संयोजकमा हरि श्रेष्ठलाई चयन भएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  १२ : ५८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग