१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मनसुन सुरू तर सुदूरपश्चिममा सम्भावित विपद् रोक्न पूर्वतयारीको तयारी समेत छैन



धनगढी । यस बर्षको मनसुन सुरु भइसक्दा समेत सुदूरपश्चिम प्रदेश सरकारले मनसुनका कारण हुनसक्ने विपद् नियन्त्रण र उद्धारसम्बन्धी पूर्वतयारी सुरु गरेकाे छैन ।

गत कार्तिकमा सुदूरपश्चिममा आएको बेमौसमी वर्षाका कारण ठुलो क्षेति भएको थियो । वर्षाका कारण अर्बौको भौतिक संरचनामा क्षेति हुँनुकाे साथै ३३ भन्दा बढीले बाढी पहिरोका कारण ज्यान गुमाएका थिए । जसकाे प्रमुख कारण सरकारकाे पूर्वतयारी अभाव नै हाे ।

यस बर्ष पनि मनसुन भित्रिसक्दा समेत प्रदेश सरकारले पूर्व तयारीमा चासो समेत देखाएको छैन । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदीप वेश्राका अनुसार विपद् पूर्व तयारीका बारेमा अहिलेसम्म सामान्य छलफल मात्रै भएको छ । तर, कसरी काम गर्ने, स्राेतको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको उनले बताए ।

उनका अनुसार अहिलेसम्म सुदूरपश्चिममा विपद्को पूर्वतयारी तथा विपद्पछि उद्धारका लागि के कति स्राेत साधान छ भन्ने समेत एकिन तथ्यांक छैन । सो तथ्यांक स्थानीय तहसँग माग गरेकाे भए पनि उपलब्ध नभएको उपसचिव वेश्राले बताए ।

‘विपद न्युनिकरणका लागि पूर्व मनसुन तयारी कार्ययोजनाको ड्राफ्ट बन्दैछ,’ उपसचिव वेश्रोले भने, ‘असारसम्ममा सो कार्ययोजना बन्छ होला, त्यसपछि पूर्व तयारीका लागि जुट्नेछौं ।’ यसअघि स्थानीय तहसँग समन्वय नहुँदा विपद्का वेला स्थानीय स्राेतसाधन परिचालन गर्न नसकेकाे उनले बताए । उनले आगामी दिनमा भने स्थानीय तहसँग समन्वय गर्दै स्थानीय स्राेत साधनको बढीभन्दा बढी प्रयोग गरी विपद् न्युनिकरण गरिने बताए । तर, अहिलेसम्म स्राेतको पहिचान भने भइनसकेको उनी बताउँछन् । ‘स्थानीय तहले दिने सूचनाका अधारमा एकीकृत श्रोतको परिचालन गर्नेगरी योजना तयार हुँदैछ,’ उनले भने, ‘यस बर्ष हेलिकोप्टर प्रयोगलाई प्राथमिकता नदिने की भन्ने सोच छ ।’

उनले तत्कालै प्रकोप सम्भावित क्षेत्रमा पूर्वतयारीका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नेगरी संघसंस्थासँग सहकार्य भइरहेको बताए । मर्सीकोर, आइओएनलगायत अन्तराष्ट्रिय संस्थासँगको सहकार्यमा पूर्वतयारी सचेतना कार्यक्रम सञ्चालन गर्नेगरी छलफल भइरहेको उनको भनाइ छ । सचेतना कार्यक्रममा विपदबाट बच्न के–के गर्ने ? सावधानीका उपाय कसरी अपनाउने ? विपद आइहाले कसरी सुरक्षित बन्ने ? भन्ने बारेमा नागरिकलाई जानकारी गराइने उनले बताए । प्रदेश सरकारले नदीमा पानीको वहाव मापन गर्ने ‘रेनगेज’को सूचना दिने स्वयंसेवकहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम रहेको समेत बताए ।

कैलालीमा बल्ल छलफल सुरु

कैलालीमा विपद्को पूर्वतयारीका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले छलफल सुरु गरेकाे छ । प्रशासनले पूर्वतयारी स्वरुप १३ वटै पालिकाका जनप्रतिनिधिसँग छलफल गरिसकेको कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

वर्षायाममा आउनसक्ने बाढी तथा पहिलोबाट बच्न बाढीको पूर्व मनसुन प्रतिकार्य योजना तयार भइरहेको उनले बताए । ‘मनसुन प्रतिकार्य योजना जेठ अन्तिमसम्म वा अषार पहिलो साताभित्रै तयार हुन्छ,’ सूचना अधिकारी जोशीले भने, ‘सो योजना बनेपछि हामी पूर्व तयारीका लागि थप गतिविधि गर्नेछौं ।’ विपद्बाट बच्न पूर्व तयारी स्वरुप सम्भावित जोखिम भएका स्थानमा नागरिकलाई कृत्रिम अभ्यास गराइने उनले बताए । ‘यसबर्ष कैलालीमा अति बर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी गराई सकेको छ,’ उनले भने, ‘सो जनाकारीपछि अब पूर्व तयारी बढी आवश्यक देखिएको छ, जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजना महत्वपुर्ण हुनेछ, हामी त्यसैलाई प्राथमिकता दिनेगरी अघि बढेका छौं ।’

सूचना अधिकारी जोशीले स्थानीय तहलाई स्राेतसाधन सम्पन्न बनाएर मात्रै जोखिम न्यूनिकरण तथा उद्वार र कार्य छिटो हुन सक्ने बताए । त्यसका लगि प्रशासनसँग भएका उद्वार सामग्री पनि स्थानीय तहलाई नै जिम्मा लगाउने विषयमा पनि छलफल भइरहेको उनले बताए । ‘विपद् पर्दा जिल्लाका सवै ठाउँमा प्रशासन छिटो पुग्न सक्दैन,’ उनले भने, ‘छिटो पुग्ने भनेको स्थानीय जनप्रतिनिधि र नजिकको सुरक्षा निकाय हो, त्यसैले हामीले स्थानीय तहलाई स्राेतसाधन सम्पन्न बनाउने गरी तयारी गरिरहेका छौं ।’

कैलालीका सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति बनिसकेका कारण सो समितिलाई सक्षम बनाउन सके मात्रै जोखिम न्यूनीकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन सकिने उनको बुझाइ छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ३ : १५ बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक