४ बैशाख २०८१, मंगलबार | April 16, 2024

नेपाल जोर्डनसँग पराजित



कुवेत । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ ।

बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।

पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डम दबावमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए ।

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ । नेपाल बिनाअंक समूह बीको पुछारमा छ । आजनै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए । यस खेलमा दीपसँगै बिकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन् । सेन्ट्रल ब्याक बिकास पूरा समय मैदानमा बिताएका थिए ।

अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ५ : ४३ बजे

बुटवलको सिद्धार्थ कटेजलाई थ्रि स्टार स्टीकर प्राप्त

बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल बन्यो समुह विजेता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज