२० मंसिर २०८२, शनिबार | December 7, 2025

फरक फरक स्थानमा ११ र १५ वर्षीया बालिका बलात्कृत



काठमाडौं । ललितपुर र झापामा १५ र ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । दुबै किशोरीहरुलाई प्रलोभनमा पारि २८ वर्षिय र २३ वर्षिय पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । उनलाई बलात्कार गरेको अभियोगमा राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको अभियोगमा परियारलाई बुधबार नै प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुबै बतात्कारका घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : ३४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल