२९ चैत्र २०८२, आइतबार | April 12, 2026

फरक फरक स्थानमा ११ र १५ वर्षीया बालिका बलात्कृत



काठमाडौं । ललितपुर र झापामा १५ र ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । दुबै किशोरीहरुलाई प्रलोभनमा पारि २८ वर्षिय र २३ वर्षिय पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

मेचीनगर नगरपालिका–१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई अर्जुनधारा नगरपालिका–११ बस्ने २८ वर्षीय विपिन राईले मंगलबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । उनलाई बलात्कार गरेको अभियोगमा राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको अभियोगमा परियारलाई बुधबार नै प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुबै बतात्कारका घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १ : ३४ बजे

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

काठमाडौं । मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज

एक वर्षमा सात हजार ६४८ विपद्का घटना : सबैभन्दा बढी आगलागीका

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय