१० श्रावण २०८३, आइतबार | July 26, 2026

१२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागका महानिर्देशक लिलाप्रसाद शर्माले चालु आर्थिक वर्षको हालसम्म कुल २७१३ फर्ममा अनुगमन गरी विभिन्न १२०१ फर्मबाट कारबाही स्वरुप सो रकम जरिवाना संकलन गरिएको र कैफियत देखिएका अन्य व्यापारिक फर्महरूलाई चेतावनी स्वरुप सचेत गराइएको जानकारी दिए।

उनले जेष्ठ महिनाको २५ गतेसम्म मात्रै २७६ फर्मलाई अनुगमन गरी १६ लाख र बैशाख महिनामा ३०२ फर्महरूलाई अनुगमन गरी १६ लाख ३५ हजार रुपैया जरिवाना गरिएको बताए।

त्यसैगरी २०७८ को चैत्र महिनामा विभिन्न १५१ फर्महरूलाई अनुगमन गरि २१ लाख ४० हजार र फाल्गुन मसान्तसम्म विभिन्न १९७९ फर्महरूलाई अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको समेत महानिर्देशक शर्माले जानकारी दिए।

उनले विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुहरू सहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको बताए।

‘विभिन्न समस्याका बाबजुत विभागको एकल तथा संयुक्त अनुगमन उल्लेख्य रुपले बढेको छ,’ महानिर्देशक शर्माले भने, ‘हाल प्रक्रियामा रहेको संयुक्त अनुगमन निर्देशिका स्वीकृत भएपछि यो कार्य अझै प्रभावकारी हुने अपेक्षा गरेका छौं।’

महानिर्देशक शर्माले विभागले एक्लै तथा नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधी व्यवस्था विभाग, गुणस्तर तथा नापतौल विभाग, वातावरण विभाग, स्वास्थ्य सेवा विभाग, जिल्ला प्रशासन कार्यालयसहित संयुक्त रुपमा समेत अनुगमन भइरहेकोले जानकारी दिए।

‘हामीले व्यापारीहरूलाई अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्नुका साथै आम उपभोक्तालाई पनि त्यस्ता क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नम्बर ११३७ मा जानकारी दिन अपिल गरिरहेका छौं,’ महानिर्देशक शर्माको भनाई छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ११ : ३४ बजे

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग