३ आश्विन २०८३, शनिबार | September 19, 2026

भैरहवामा टाटा मोटर्सको नयाँ सोरुम सञ्चालन



बुटवल । रुपन्देहीको भैरहवामा टाटा मोटर्सको नयाँ सोरुम सञ्चालनमा आएको छ । ओमसतिया-२ अञ्चलपुरमा सोरुमको शुभारम्भ गर्दै कम्पनीका पिभिवीयूतर्फका हेड अफ डिपार्टमेन्ट सावन जँग सिंजापतीले ग्राहकका लागि थप सहज हुने अपेक्षा गरे ।

नेपाली बजारमै अटोमोबाइल्सतर्फ टाटाले तेस्रो स्थानमा रहेर व्यापार गरिरहेको दाबी गर्दै उनले छिट्टै पहिलो नम्बरमा पुग्ने लक्ष्य प्रस्तुत गरे । युवा पुस्ता र जुनसुकै घरानाका लागि विभिन्न भेराइटीका गाडीहरु उपल्ध भएका कारण आकर्षण थप बढ्दै गएको उनले उल्लेख गरे । कार्यक्रममा बोल्दै कम्पनीका डिलर म्यानेजर मेघराज ढुङ्गेलले युवा पुस्ता तथा बैकिंङ क्षेत्रका कर्मचारी, इन्सुरेन्स क्षेत्रका कर्मचारी, सरकारी कर्मचारी तथा व्यवसायिक घरानामा टाटाको उत्पादन लोकप्रिय हुँदै गएको उल्लेख गरे ।

देशका विभिन्न १३ स्थानमा सोरुम रहेको कम्पनीले छिट्टै लुम्बिनी प्रदेशको दाङ घोराही, भक्तपुर तथा सुर्खेदमा नयाँ सोरुम सञ्चालनमा ल्याउने तयारी भएको ढुङ्गेलले बताए । लुम्बिनी प्रदेशमा बुटवल र भैरहवासहित नेपालगञ्ज र तुलसिपुरमा समेत सोरुम रहेका छन् ।

टाटाका सफारी, नेक्सन, टिगोर, अल्ट्रोज, एनआरजी तथा एचफाइब लगायतका गाडी लोकप्रिय रहेका छन् । सञ्चालनमा आएको नयाँ सोरुमका म्यानेजिङ डाइरेक्टर योगेश घिमिरेले युवा पुस्तामा टाटाका उत्पदान लोकप्रिय बन्दै गएका कारण आफूले यस क्षेत्रमा हात हालेको उल्लेख गरे । अटोमोबाइल्सतर्फ टाटाका इलेक्ट्रोनिक सवारीहरु समेत अन्यभन्दा सस्तो र भरपर्दो भएकाले माग बढी रहेको उनले बताए । भैरहवा क्षेत्रमा सोरुम सञ्चालन आएसँगै ग्राहकलाई थप सहज हुनुका साथै बजारमा थप नयाँ प्रभाव रहने अपेक्षा गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ३ : ३२ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय