२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

काठमाडौंका सडकमा ‘नेपाल गौरव यात्रा’को झलक (फोटोफिचर)



काठमाडौं । काठमाडौंको माइतीघरमा चौथो ‘नेपाल गौरव यात्रा’ मनाइएको छ । विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइन्छ । २० औं शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो । यही क्रममा नेपालमा पनि चौथो पटक गौरव यात्रा निकालिएको हो ।

यस महिनामा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूसम्बन्धी विश्वव्यापी विभिन्न कार्यक्रम सञ्चालन हुने गर्छ । गौरवको महिनाको अवसरमा मनाइने उत्सव गौरव यात्रा (प्राइड परेड) हो । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूप्रति हुने सामाजिक लान्छनालाई तोडेर पहिचानमा गौरव गर्ने सन्देश लिएर विश्वभरी नै गौरव यात्रा आयोजना हुने गर्छ । यो एउटा उत्सवजनक ¥याली हो ।

नेपालमा गौरव यात्रा

नेपालमा ०७६ सालदेखि गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा कुनै छुट्टै मितिमा गौरव दिवस (प्राइड डे) अस्तित्वमा नरहेकाले सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूसम्बन्धी सार्वजनिक कार्यक्रम र उपस्थिति वृद्धि हुने हेतुले गौरव यात्रा मनाउन थालिएको हो ।

स्टोनवाल विद्रोहको ५० औँ स्मरण दिवसको भोलिपल्ट नेपालमा पहिलो पटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछि जून महिनाको दोस्रो सनिबार प्रत्येक वर्ष गौरव यात्रा आयोजना गर्ने निर्णय भयो ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ४ : ०३ बजे

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा