२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

लिग-२ मा नेपाल र अमेरिकाले खेले बराबरी



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल र अमेरिका बीचको खेल बराबरीमा टुंगिएको छ ।

गएराति अमेरिकामा भएको खेलमा नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको हो । अमेरिकाका लागि स्टेभन टेलरले शतक प्रहार गरे । उनले १२३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे ।

त्यस्तै, मोनांक पटेलले ८५, आरोन जोन्सले २६, सुशान्त मोदानीले १७ र राहुल जरिवालाले १० रन बनाए ।

नेपालका लागि मोहम्मद आदिल आलमले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल, आसिफ शेख र देव खनालले अर्थ शतक प्रहार गरे ।

पौडेलले ६२, शेखले ६१ र खनालले ५४ रन बनाए । त्यस्तै, मोहम्मद आदिल आलमले ३६, कुशल भुर्तेलले १९ र सन्दीप लामिछानेले १० रन बनाए ।

देव खनाल प्लेयर अफ द म्याच भए । उनले २४ बलमा ३६ प्रहार गरेका थिए भने ९ ओभरमा ४५ रन खर्चेर तीन विकेट लिएका थिए ।

यो खेलमा नेपाल र अमेरिकाले एक-एक अंक बाँडेका छन् । योसँगै नेपालको १३ अंक भएको छ भने अमेरिकाको २१ अंक भएको छ ।

अमेरिका भ्रमणका क्रममा नेपालले अर्को खेल मंगलबार ओमनसँग तेस्रो खेल खेल्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ७ : ०७ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा