१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

फूपूको घर जाने भनेर निस्किएकी रामकली छ दिनदेखि सम्पर्कविहीन



कञ्चनपुर । लालझाडी गाउँपालिका-३ पर्सियाकी ३८ वर्षीया रामकली राना छ दिनदेखि सम्पर्कविहीन भएकी छिन । उनी फूपू भेट्न बेदकोट नगरपालिकाको दैजी जान्छु भनेर यही जेठ २३ गते घरबाट निस्केकी थिइन् ।

रामकलीलाई उनका भतिजा दिनेश रानाले फूपूलाई भेट्न जाने भनेपछि कलुवापुरसम्म मोटरसाइकलमा पु¥याएका थिए । यसपछि उनी बसमा जाने भनेर मोटरसाइकलबाट ओर्लिइन् र बस चढिन् । परिवारका सदस्यले फूपूकै घरमा पुगेकी होलिन् भनेर चासो दिएनन् ।

परिवारजनले फूपूको घरमा रामकली नपुगेको खबर पाएपछि खोजखबर गर्न सुरु गरेका छन् । जेठ २६ गते रामकलीले छिमेकी दाजु मनोहर रानाको मोबाइलमा बिहान फोन गरिन् तर बोलिनन् । “त्यसपछि लगातार फोन लगाउन खोज्यौँ बोलिनन्”, मनोहरले भने, “अझै पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ ।”

खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदनसमेत दिएका छन् । प्रहरी र आफन्तले रामकलीको खोजबिन गरिरहेका छन् । हालसम्म पत्ता लाग्न सकेको छैन । रामकलीका श्रीमान् रामसाहेव रानाको गत वर्ष मृत्यु भएको थियो । उनी १५ वर्षीय छोरासँग बस्दै आएकी छिन ।

“रामकली एकाएक कता हराइन्, निकै चिन्तामा छौँ”, जेठाजु गजेन्द्र रानाले भने, “फूपूको घर जाने भनेर गएकी कता हराइन् । अहिलेसम्म सम्पर्क हुनसकेको छैन ।”

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : २० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग