१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा



मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाकाे परीक्षा भएकाे छ ।

रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलाे पटक ५० सैनिक काेटाका लागि भर्ना परीक्षा लिएका हुन् । जसमा पाँच महिलासहित ५० सैनिक जवान काेटाका लागि भर्ना प्रक्रिया सुरु भएकाे हाे ।

५० काेटाका ५१ महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए । भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् ।

शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लाेकसेवाले लिखित परीक्षा लिनेछ ।

परीक्षाका लागि आयोगसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  १० : २३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम