३ आश्विन २०८३, शनिबार | September 19, 2026

श्रमिकको हकअधिकारबारे बजेटमा केही छुटेका भए कुनै न कुनै रूपमा सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।

काठमाडौंमा आइतबारदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा देउवाले विभिन्न विषयमा कांग्रेस नेता कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन।’ उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने विश्वास दिलाए । सम्मेलन सोमबारसम्म चल्ने छ ।

उनले २००३ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा स्थापित नेपाल ट्रेड युनियन महासंघले श्रमिकका हकअधिकारबारे धेरै काम गरेको बताए । देउवाले अहिलेको आर्थिक परिस्थिति रुस-युक्रेन युद्धले सिर्जना गरेकोसमेत बताए ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ४ : ५० बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय