२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

१०८ वर्ष पुरानो पद्य चैत्य बिहारको स्तरोन्नती, बढे बौद्ध धार्मिक पर्यटक



बुटवल । देशविदेशबाट बुद्धजन्मस्थल लुम्बिनी आउने धार्मिक पर्यटकहरुलाई पुजाआजा र गासबासको निशुल्क सेवा दिदै आएको बुटवलको १०८ वर्ष पुरानो पद्य चैत्य बिहारको स्तरोन्नती गरिएको छ । धार्मिक पर्यटकहरुको चाप बढ्दै गएपछि बिहारमा थप भवन निमार्ण गरिएको हो ।

बुटवलका एक समाजसेवीदाता मार्फत दानबाट प्राप्त भएको ११ धुर जग्गामा सुविधासम्पन्न ३ तल्ले भवन निर्माण गरिएको हो । बुटवलमा पुराना ब्यवसायी समाजसेवी पिता स्वर्गीय युक्तप्रसाद प्रधान र माता तुल्सी प्रधानको नाममा समाजसेवी देवेन्द्र प्रधानले दान गरेको जग्गामा धम्ब भवन निर्माण भएको हो ।

पद्म चैत्य बिहारको १ सय ८ औ स्थापना दिवस तथा नवनिर्मित तुलसी युक्त धम्म भवनको आईतबार पुर्व उपप्रधान, अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बोधि मत प्रज्वलन गरि उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै पौडेलले बुद्ध र बुद्घ स्थलको विकास गर्दै पर्यटन क्षेत्रसंग जोड्नुपर्ने बताए । देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकरणबाट सम्भव रहेको उनले बताए ।

बिस १९७१ सालमा सिँहबिर बज्राचार्य काठमाडौबाट बुटवल आएर बुद्घप्रचार गर्ने सोचका साथ कालोमाटोबाट बुद्घ चैत्य स्थापना गरेको भन्ने ईतिहास रहेको छ । पुरानो चैत्यलाई वर्षेनी मर्मत गरिदै आएको भएपनि निक्कै पछि मानमुनीले बिहारलाई विधिपुर्वक निर्माण र ढलोटको बुद्घमुर्ति स्थापना गराएका बिहारका संरक्षक बिमल बहादुर शाक्यले बताए । कमलको स्वरुपमा रहेको स्पद्म चैत्य कर्म बिहार नामाकरण भएको उनले बताए ।

बिसं २०५४ सालमा स्थानिय निर्वाचन पछि बिहारलाई थप सौन्दयीकरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष सुरेशरत्न बज्राचार्यले बौद्ध तिर्थयात्रीहरुलाई सेवा दिने गरि विहारको स्थापना भएको बताए । देशविदेशबाट आउने भिक्षुभिक्षुणी, धर्मभन्तेहरु लुम्बिनी भ्रमणपछि बिहारमा पुजा, दर्शन गर्ने गरेको उनले बताए । पद्म चैत्य बिहारमा तिर्थयात्रीहरुको चाप बढ्दै गएपछि दक्षिणतर्फको जग्गा स्थानिय समाजसेवीबाट दान प्राप्त भएको बज्राचार्यले बताए ।

करीब डेढ कठ्ठा जग्गामा बिहारको पुर्वाधार तयार भएको छ । बौद्ध स्तुपा स्थापना साथै बौद्ध पुस्तकालयलाई थप ब्यवस्थित गर्ने योजना रहेको पनि संरक्षक शाक्यले बताए ।

बिहार निर्माणका लागि नेपाल सरकार, तराइ मधेस समृद्ध कोषबाट ५० लाख रुपैया, बुटवल उपमहानगरपालिकाबाट १४ लाख ४३ हजार ३ सय ९९ रुपैयाका साथै धेरै दाताहरुको सहयोगमा करीब १ करोड २४ लाख ७४ हजार २ सय ७९ रुपैया लागतमा पुर्वाधार तयार भएको महासचिव दिपक बहादुर बज्राचार्यले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व जनसंख्या तथा स्वस्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, सासद डा पुरन बज्राचार्य, निवर्तमान उपमेयर शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवि आचार्य, भन्ते वजिरश्री महाअष्टबिर, ज्ञानेन्द्र, कबिन्द्र, महेन्द्र, सल्लाहकार जीवन ओझा, बाबुकाजी शाक्य, आनन्द भगत शाक्य लगायतको उपस्थिती रहेको थियो ।

विहार अन्तरगत विभिन्न उपसमितिहरु रहेका छन । देशभरमा रहेका १ सय २२ वटा समुहले बौद्ध दर्शन दर्शाउने भजन, धर्मदेशना दिने बौद्ध युवा ज्ञानमाला संघ गठन भएको अध्यक्ष रमना श्रेष्ठले बताईन ।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ६ : २२ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३