२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

दोबिल्ला-पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति



पर्वत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले ‘दोबिल्ला-घाँटीछिना-पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको छ ।

साविक धौलागिरिका पर्वत, बागलुङ, म्याग्दीलाई प्रदेश मुकाम पोखरासँग छोटो दूरीमा जोड्नका लागि पर्वतको कुश्मा नगरपालिका-८ दोबिल्लादेखि कास्कीको पोखरा महानगरपालिकास्थित पामेसम्म सुरुङमार्ग निर्माण गरिने भएको हो ।

यसका लागि सम्भाव्यता अध्ययनको योजनामा समावेश गर्नका लागि मन्त्रालयले सडक विभागलाई स्वीकृति प्रदान गरेसँगै काम अघि बढ्ने छ । यही जेठ २६ गतेको सचिवस्तरको बैठकको निर्णयअनुसार विभागलाई स्वीकृति प्रदान गरिएको सो मन्त्रालयका शाखा अधिकृत रामजी घिमिरेले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट स्वीकृत भएसँगै सडक विभागलाई काम अघि बढाउन पत्राचारसमेत गरिसकिएको छ ।

सुरुङमार्ग आयोजनाको अध्ययनको काम आगामी आर्थिक वर्षबाटै सुरु हुने जनाइएको छ । सुरुङमार्ग बनेपछि ६० किलोमिटर लामो सडक जम्मा १० देखि १२ किलोमिटरमा पामे, घाटीछिनामा जोडिने भएको छ । यसका लागि आगामी आर्थिक वर्षमा मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गर्ने जनाइएको छ । उक्त सुरुङमार्ग निर्माण भएपछि पर्वतबाट अहिले दुई घण्टा लाग्ने यात्रा अवधि आधा घण्टामै छोटिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ८ : १६ बजे

यसवर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र खडेरी पर्नसक्ने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा नेपालमा

खजुरा क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि रेडियोथेरापी सेवा अवरुद्ध

नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३