२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

प्रधानमन्त्री निवासमा बाबुराम – उपेन्द्रको एकल हस्ताक्षरमा मन्त्रिपरिषद् पुनर्गठन नगर्न ध्यानाकर्षण



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सो पार्टीका शीर्ष नेताहरूले आफनो पक्षमा पार्टी भित्र बहुमत रहेको जनाउँदै मन्त्रिपरिषद् पुनर्गठन गर्दा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमवार बिहान भेटघाट गरेका संघीय परिषद अध्यक्ष भट्टराईले महत्वपुर्ण निर्णयमा तीनजनाको हस्ताक्षर हुने पार्टीको यसअघिको निर्णय स्मरण गराउँदै अध्यक्ष यादवको एकल निर्णय अस्वीकार गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

‘मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपेन्द्रजीको एकल निर्णयलाई स्वीकार नगर्न प्रधानमन्त्रीको ध्यानाकषर्ण गराउने काम भयो,’ जसपाका एक नेताले भने, ‘पार्टीको महत्वपुर्ण निर्णयमा तीनजनाको हस्ताक्षर अनिवार्य भएकाले उपेन्द्रजीले एकल हस्ताक्षर गरेर पठाएको पत्रले आधिकारिकता नदिन पनि बाबुरामजीको तर्क थियो ।’

सो पार्टीको महत्वपुर्ण निर्णयमा भट्टराईसहित यादव र अशोक राईको हस्ताक्षर अनिवार्य गर्ने यसअघि नै केन्द्रीय कार्यकायरिणी समिति बैठकले गरेको निर्णय प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।

‘बाबुरामजीले आज प्रधानमन्त्रीज्यूलाई भेटनु भएको थियो, भेटमा समसमायिक राजनीतिक बिषयमा कुराकानी भएको छ,’ केन्द्रीय कार्यकारिण समिति सदस्य मोहम्मद ईस्तियाक राईले भने । नेता राईले प्रधानमन्त्रीसँग भएको भेटमा भट्टराईलगायतका नेताले के(के विषयमा कुराकानी भएको प्रस्टाउने काम नगरे पनि अध्यक्ष यादवको एकल निर्णयलाई अस्वीकार गर्ने विषयमा जोड गरेको बुझिएको छ ।

अध्यक्ष यादव कृषि तथा सहकारीमन्त्री महेन्द्रराय यादवलाई मात्र सरकारवाट फिर्ता बोलाएर अन्यलाई यथावत राख्न चाहन्छन् भने बाबुराम समूह पार्टी भित्रको आन्तरिक सहमति अनुसार ६ महिनापछि मन्त्रिपरिषद्को पुरै ‘सेट’ परिवर्तन गरेर नयाँ अनुहारलाई राख्नुपर्नेमा जोड गर्दै आएका छन् । जसलाई यादवले अस्वीकार गरेपछि जसपा नेपालमा विग्रह बढ्दै गएको छ ।

स्थानीय तहको निर्वाचनको टिकट वितरणमा पनि यादवले एकलौटी गर्न खोजेको कारण पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको आरोप उनी माथि लाग्दै आएको छ । त्यसमाथि, मन्त्रिपरिषद् पुनर्गठनमा पुनः यादवले एकल हस्ताक्षर पठाउने सम्भावना देखेपछि भट्टराई समूह बालुवाटार पुगेको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १ : ४२ बजे

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा