१५ जेष्ठ २०८०, सोमबार | May 30, 2023

‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’



काठमाडौं । प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गौतमले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्तावमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए । गौतमले किसानले भोगेको समस्या बुझिदिन सरकारसँग आग्रहसमेत गरे ।

यस्तै सदस्य गोमा देवकोटाले किसानले मल नपाएको, विद्यार्थीले पुस्तक नपाएकाले उनीहरुलाई मल बीउ तथा पुस्तक उपलब्ध गराउनुपर्नेमा जोड दिइन ।

अर्का सदस्य पार्वतीकुमारी विशङ्खेले किसानलक्षित प्रस्ताव, संविधानमा नागरिकको खाद्य सुरक्षाको अधिकारको व्यवस्था गरिए पनि कृषकमैत्री कार्यक्रम सरकारले ल्याउन नसकेको बताइन ।

अर्का सदस्य लक्ष्मीकुमारी चौधरी कृषि प्रधान देशमा किसानले मल, बीउ, बिजन प्राप्त गर्न नसक्नु उनीहरुको अपमान भएको बताउँदै सरकारले बाँझो जमिन राख्न नपाइने नियम बनाएको भए पनि खेती गर्न मलको अभाव हुनु द्वन्द्वात्मक विषय भएको बताइन ।

अर्का सदस्य मोहनकुमार पाण्डे भन्सार शुल्क शून्य बनाएर पनि जनताले आफै मल आयात गर्न दिनुपर्ने विचार व्यक्त गर्दै उनीहरुलाई मल उपलब्ध गराउन हरसम्भव उपाय अवलम्बन गर्नुपर्ने बताए । उनले विगतमा मल कारखाना स्थापना गर्न, मल आयात गर्न पूर्व कृषिमन्त्रीले किन नगरेको अहिले बताउनुपर्ने विचार व्यक्त गरे ।

अर्का सदस्य तुलसी थापा यो वर्षको खेती गर्न आवश्यक मल भण्डारण गर्न गोदामसमेत नरहेको अवस्थामा सरकार संवेदनशील हुनुपर्ने बताउँदै आत्मनिर्भर बन्न के कसो गर्नुपर्छ त्यसको निमित्त सोच बनाउन सरकारको ध्यानाकर्षण गराइन ।

अर्का सदस्य प्रेम सुवाल मल आपूर्ति हुन नसकेको विषयमा गठबन्धनका शीर्ष नेतालाई जवाफ दिन लगाउनुपर्ने बताउँदै मल आयातमा अर्बौँ रुपैयाँ कमिसन प्राप्त हुने हुँदा मल कारखाना स्थापनाका लागि चार दशकदेखि कुरा उठे पनि अगाडि बढ्न नसकेको विचार व्यक्त गरे ।

अन्य सदस्यहरु निरुदेवी पाल, नारदमुनि चौधरी र कलिना खातुनले मल अभावले अहिले आतङ्कित रहेकाले राजनीतिभन्दा माथि उठेर यसलाई समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : ५९ बजे

खजुरामा धुमधामका साथ मनाइयो गणतन्त्र दिवस

खजुरा । १६ औ गणतन्त्र दिवसलाई खजुरा गाउँपालिकाले बृहत कार्यक्रम

अव करदाताले क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र लिन सक्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा राजश्व प्रशासनलाई व्यापक सुधार

तयारी वस्तुमा भन्दा कच्चा वस्तुको आयातमा एक तह कम भन्सार लाग्ने

काठमाडौं । सरकारले तयारी वस्तुको तुलनामा कच्चा पदार्थ आयातमा लाग्ने

भारत भ्रमणबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा

Interview: Only an advanced democracy can be an alternative to democracy – PM Prachanda

The 16th Republic Day is being celebrated across the country