२१ बैशाख २०८३, सोमबार | May 4, 2026

‘किसानले भोगेको समस्या बुझिदेउ सरकार’



काठमाडौं । प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गौतमले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने गरेकाले यस्तो विषयमा आएको सार्वजनिक महत्वको प्रस्तावमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए । गौतमले किसानले भोगेको समस्या बुझिदिन सरकारसँग आग्रहसमेत गरे ।

यस्तै सदस्य गोमा देवकोटाले किसानले मल नपाएको, विद्यार्थीले पुस्तक नपाएकाले उनीहरुलाई मल बीउ तथा पुस्तक उपलब्ध गराउनुपर्नेमा जोड दिइन ।

अर्का सदस्य पार्वतीकुमारी विशङ्खेले किसानलक्षित प्रस्ताव, संविधानमा नागरिकको खाद्य सुरक्षाको अधिकारको व्यवस्था गरिए पनि कृषकमैत्री कार्यक्रम सरकारले ल्याउन नसकेको बताइन ।

अर्का सदस्य लक्ष्मीकुमारी चौधरी कृषि प्रधान देशमा किसानले मल, बीउ, बिजन प्राप्त गर्न नसक्नु उनीहरुको अपमान भएको बताउँदै सरकारले बाँझो जमिन राख्न नपाइने नियम बनाएको भए पनि खेती गर्न मलको अभाव हुनु द्वन्द्वात्मक विषय भएको बताइन ।

अर्का सदस्य मोहनकुमार पाण्डे भन्सार शुल्क शून्य बनाएर पनि जनताले आफै मल आयात गर्न दिनुपर्ने विचार व्यक्त गर्दै उनीहरुलाई मल उपलब्ध गराउन हरसम्भव उपाय अवलम्बन गर्नुपर्ने बताए । उनले विगतमा मल कारखाना स्थापना गर्न, मल आयात गर्न पूर्व कृषिमन्त्रीले किन नगरेको अहिले बताउनुपर्ने विचार व्यक्त गरे ।

अर्का सदस्य तुलसी थापा यो वर्षको खेती गर्न आवश्यक मल भण्डारण गर्न गोदामसमेत नरहेको अवस्थामा सरकार संवेदनशील हुनुपर्ने बताउँदै आत्मनिर्भर बन्न के कसो गर्नुपर्छ त्यसको निमित्त सोच बनाउन सरकारको ध्यानाकर्षण गराइन ।

अर्का सदस्य प्रेम सुवाल मल आपूर्ति हुन नसकेको विषयमा गठबन्धनका शीर्ष नेतालाई जवाफ दिन लगाउनुपर्ने बताउँदै मल आयातमा अर्बौँ रुपैयाँ कमिसन प्राप्त हुने हुँदा मल कारखाना स्थापनाका लागि चार दशकदेखि कुरा उठे पनि अगाडि बढ्न नसकेको विचार व्यक्त गरे ।

अन्य सदस्यहरु निरुदेवी पाल, नारदमुनि चौधरी र कलिना खातुनले मल अभावले अहिले आतङ्कित रहेकाले राजनीतिभन्दा माथि उठेर यसलाई समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : ५९ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता