१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फ्लिन भ्रमण : ‘अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउनेतर्फ केन्द्रित’



काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्लस ए फ्लिन आइतबार राति चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए ।

जेठ २६ मा सद्भावना भ्रमणमा फ्लिन नेपाल आएका थिए। चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले स्वदेश फर्कने दिन आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमान्ड एण्ड स्टाफ कलेजको भ्रमण गरे ।

सन् २०२१ जुनदेखी एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । नेपालमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गरे। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाबाट चारतारे जनरलको नेपाल भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

उनी नेपाल आउनु अघि चार दिने भारत भ्रमणमा थिए । अमेरिकाले नेपाललाई भारतीय आँखाबाट हेर्ने गरेको विश्लेषण भइरहँदा उनी भारत भ्रभण सकेन नेपाल आएका हुन् । प्रधानसेनापति शर्माले आगामी असारको १३ गतेदेखि १७ गतेसम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका बेला उनको भ्रमण भएको हो ।

प्राध्यापक कृष्ण पोखरेलले फ्लिनको भ्रमण नेपालमा अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा हस्ताक्षर गराउने तर्फ केन्द्रीत रहेको बताउँछन् । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग भएको उनको भनाइ छ ।

‘भारतमा जत्तिकै नेपालमा पनि चार दिन बिताए अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले । उनको जोड अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउने तर्फ केन्द्रित देखियो । यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग हो ।’

अमेरिकाको यस्तो प्रस्तावलाई विनम्रतापूर्वक पन्छाउन सक्नु मै नेपालको हित हुने उनको भनाइ छ ।

‘यसमा हतारिएर हस्ताक्षर गर्यो भने नेपाल अन्तराष्ट्रिय द्वन्द्वको भुँमरीमा पर्नेछ र आफ्नो रणनीतिक स्वायत्तता समेत गुमाउनेछ’, उनको भनाइ छ ।

यो विषय एमसीसी भन्दा निक्कै पेचिलो रहेको बताउँदै उनले भने ‘मुलुककै स्वतन्त्र अस्तित्वमाआँच आउने खतरा सृजना हुने खण्ड आयो भने देउवा नेतृत्वको सरकार गोलखाडी गयो र नयाँ समीकरणको सरकार बनो भने पनि अन्यथा नमाने हुन्छ !’

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ६ : ४४ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद