१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

अष्ट्रेलिया कतार विश्वकपमा छनोट



काठमाडौं । पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ ।

सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । जहाँ एसियाली पावर हाउस अष्ट्रेलियाले अन्तरमहादेशिय छनोटमा पेरुलाई पराजित गरेकाे हाे । पेनाल्टी समेत ४–४ को बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो ।

जहाँ अष्ट्रेलियाका भेट्रान गोलरक्षक आन्द्रे रेडमायने नायक बने । ३३ वर्षिय खेलाडीले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।

यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अष्ट्रेलिया र कतार गरि ६ टिमले विश्वकपमा सहभागीता जनाउने भएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : ४८ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना