६ पुस २०८२, आइतबार | December 21, 2025

महिला राष्ट्रिय क्रिकेट टोलीको आज बिदाई हुँदै



काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टि २० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको आज बिदाई हुँदैछ ।

मलेसियामा आयोजना हुने एसीसी महिला टि २० च्याम्पियनसिपका लागि मलेसिया जाने महिला टोलीलाई बिदाई गर्न लागिएको हो । एशियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजना हुन लागेको प्रतियोगिता जुन १७ देखि २५ सम्म मलेसियमा हुँदैछ ।

१० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेटस (युएई) रहेका छन । आयोजकले सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । जसअन्तर्गत नेपाल समूह बीमा रहेको छ ।

नेपाल सम्मिलित समूहमा बहराईन, भुटान, हङकङ र कुवेत रहेका छन । यस्तै समूह ए मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन । समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन ।

समूह चरणको प्रतिस्पर्धा पछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एशिया कपमा छनोट हुनेछन । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एशियाकप खेल्नेछन । प्रतिष्पर्धामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै, नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइनबिरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङबिरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ९ : २४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा