१ पुस २०८२, मंगलबार | December 16, 2025

विश्व रक्तदाता दिवसमा रक्तदातालाई सम्मान, ७ जना स्वर्ण, २९ रजतसहित ७६ बढिलाई सम्मान



बुटवल । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ। १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईदै आएको छ। रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔं, जीवन बचाउने अभियानमा सहभागी हौ। भन्ने नारासहित निरन्तर सामाजिक अभियान चलाउदै आएको छ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बनेको बताए। रक्तदानबारे जनचेतनाको अझै पनि कमी देखिएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनले बताए। बुटवलमा मात्र नभई अन्य शहरहरुमा समेत रगत अभावलाई रोक्न बुटवल सफल भएको उनले बताए।

कार्यक्रममा ५० पटक भन्दा बढि रक्तदान गर्ने ७ जना दातालाई स्वर्ण, प्रशंसापत्रबाट सम्मान गरिएको थियो। यसैगरि २५ पटकभन्दा बढि रक्तदान गर्ने २९ जना दाताहरुलाई रजत, प्रशंसा पत्र तथा ४० जनालाई प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो।

कार्यक्रमका संय‍ोजक तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले निशुल्क रक्तदान अबको अभियान भएको बताए। धेरै स्थानिय पालिका र प्रदेश सरकारबाट घोषणा गरिसकेको भन्दै बिरामीले निशुल्क रगत पाउने वातावरण सृजना गर्नुपर्ने उनले बताए। सन २००४ बाट दिवस मनाउन थालिएको उनले बताए। अन्तर्राष्ट्रिय प्रचलन शुरुवातलाई बुटवलबाट पनि सम्मान कार्यक्रम चलाउदै आएको उनले बताए। उनले न्युनतन १० पटक रक्तदान गर्ने दातालाई सम्मानपत्रबाट सम्मान गर्ने प्रोत्साहन हुने गरि अभियान चलाएको पनि बताए। रक्तदान गर्ने बित्तिकै सबैभन्दा ठूलो सम्मान हुने बताए।

कार्यक्रममा सल्लाहकार बिमल बहादुर शाक्यले प्रत्येक वर्ष आय‍ोजना गरिने सम्मान कार्यक्रमबाट प्रेरणा मिल्ने बताए। रक्तदाताहरुलाई प्रोत्साहन गर्ने, रक्तदान सम्बन्धि संगठनहरुलाई संगठित र विस्तार गर्ने रुपमा चलाईदै आएको बताए। दुर्लभ रक्तदाताहरुको समेत कमी नरहेको उनले बताए।

देशको कुल जनसंख्याको २ प्रतिशतले रक्तदान गरे पनि पर्याप्त हुने भन्दै यसको लागि सचेतना अभियान चलाउन जरुरी रहेको उनले बताए।

कार्यक्रममा केन्द्रका सभापती प्रेमलाल उदास, केन्द्रका मन्त्री आर म‍हमद खा, बुटवलका संयोजक कृष्ण पंगेनी, उपसभापति दिपक क्षेत्री न्यौपाने, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारीलगायतले निशुल्क रगतलाई सफल बनाउने गरि स्थानिय सरकार अघि बढ्न सुझाव दिए।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : ४६ बजे

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि