६ पुस २०८२, आइतबार | December 21, 2025

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल आज ओमानसँग भिड्दै



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृखंलमा आज नेपालले ओमानसँग खेल्दैछ ।

अमेरिकामा जारी त्रिकोणात्मक श्रृखंला अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानसँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा १३ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा रहनेछ । पहिलो खेलमा ओमानसँग भएका कमी कमजोरीलाई सुधार गर्दै सुखद नतिजाको खोजीमा हुनेछ । नेपालले ओमानसँग अहिलेसम्म ५ पटक एक दिवसीय क्रिकेटमा प्रतिष्पर्धा गरेको छ । जसमा एकपटक मात्र नतिजा नेपालको पोल्टामा परेको छ । ओमानसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

खेल अमेरिकाको टेक्सासमा रहेको मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजेबाट शुरु हुनेछ । लिग–२ अन्तर्गतको प्रतियोगितामा सात टिमले प्रतिष्पर्धा गरिरहेका छन । शीर्ष तीन टिमले एक दिवसीय विश्वकपमा स्थान बनाउने छन ।

नेपाल शीर्ष तीन भित्र अटाउँदै विश्वकपमा स्थान बनाउन चाहन्छ । अहिलेसम्म नेपालमो ३६ खेल मध्ये १४ खेल मात्र खेलेको छ । ओमानले अहिलेसम्म ३५ खेल खेलेर ४४ अंक जोडदै शीर्ष स्थानमा छ । श्रृंखलाको अर्को टोली अमेरिका २३ खेलबाट २१ अंक जोडदै तालिकाको चौथो स्थानमा छ भने १४ खेल खेलेको नेपाल १३ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ३५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा