२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल आज ओमानसँग भिड्दै



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृखंलमा आज नेपालले ओमानसँग खेल्दैछ ।

अमेरिकामा जारी त्रिकोणात्मक श्रृखंला अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानसँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा १३ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा रहनेछ । पहिलो खेलमा ओमानसँग भएका कमी कमजोरीलाई सुधार गर्दै सुखद नतिजाको खोजीमा हुनेछ । नेपालले ओमानसँग अहिलेसम्म ५ पटक एक दिवसीय क्रिकेटमा प्रतिष्पर्धा गरेको छ । जसमा एकपटक मात्र नतिजा नेपालको पोल्टामा परेको छ । ओमानसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकासँग बराबरी खेल्दै अंक बाँडेको थियो ।

खेल अमेरिकाको टेक्सासमा रहेको मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजेबाट शुरु हुनेछ । लिग–२ अन्तर्गतको प्रतियोगितामा सात टिमले प्रतिष्पर्धा गरिरहेका छन । शीर्ष तीन टिमले एक दिवसीय विश्वकपमा स्थान बनाउने छन ।

नेपाल शीर्ष तीन भित्र अटाउँदै विश्वकपमा स्थान बनाउन चाहन्छ । अहिलेसम्म नेपालमो ३६ खेल मध्ये १४ खेल मात्र खेलेको छ । ओमानले अहिलेसम्म ३५ खेल खेलेर ४४ अंक जोडदै शीर्ष स्थानमा छ । श्रृंखलाको अर्को टोली अमेरिका २३ खेलबाट २१ अंक जोडदै तालिकाको चौथो स्थानमा छ भने १४ खेल खेलेको नेपाल १३ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ३५ बजे

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

रावल आयोगले औँल्याएको अतिक्रमित जग्गा सरकारका नाममा कायम गर्ने निर्णय

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने

काठमाडौं । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त