६ पुस २०८२, आइतबार | December 21, 2025

आईसीसी विश्वकप लिग २ : नेपालसँग सात विकेटले ओमान पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ ।

मंगलबार राति टेक्सस स्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्याे ।

नेपालको जितमा ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको पार्टनरसिप खेले । आसिफले ६२ रन बनाए भने कुशल ५६ रनको योगदान गरे ।

यस्तै, देव खनाल १०, रोहित पौडेल २६, रन बनाएर आउट भए । ओमानका फायज बुटले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा सवै विकेट गुमाउँदै १६३ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो । ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै, सन्दीप गौडले ४७ रनको योगदान गरे । ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ र कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए ।

जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : ५३ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा