२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

आईसीसी विश्वकप लिग २ : नेपालसँग सात विकेटले ओमान पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिदेशीय श्रृंखलामा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको छ ।

मंगलबार राति टेक्सस स्थित मोसा क्रिकेट मैदानमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र तीन विकेट गुमाएर पूरा गर्याे ।

नेपालको जितमा ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले ११४ रनको पार्टनरसिप खेले । आसिफले ६२ रन बनाए भने कुशल ५६ रनको योगदान गरे ।

यस्तै, देव खनाल १०, रोहित पौडेल २६, रन बनाएर आउट भए । ओमानका फायज बुटले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा सवै विकेट गुमाउँदै १६३ रनको लक्ष्य नेपाललाई प्रस्तुत गरेको थियो । ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । यस्तै, सन्दीप गौडले ४७ रनको योगदान गरे । ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ र कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए ।

जितसँगै नेपालले १५ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा छ । ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ६ : ५३ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा