२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार



काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७-० को लज्जास्पद हार बेहोरेको छ ।

मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो । यो सँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ । नेपालका सुमन अर्याल ११ औं मिनेटमा दोहोरो पहँलो कार्डको सामना गरेका थिए ।

तीन खेल खेलेको नेपाल १३ गोल वेहोर्दै १ गोलमा चित्त बुझायो । नेपालको लागि एकमात्रै गोल दर्शन गुरुङले गरेका थिए ।

यस अघि इन्डोनेसियाविरुद्ध मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दोहोरो कार्डका कारण निलम्बन हुँदा नेपालको टेक्निकल एरियामा सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए ।

जुन खेलमा निर कुमार राई, शिव गुरुङले डेब्यु अवसर पाए । कप्तानमा नवयुग श्रेष्ठलाई आराम दिईदा पुजन उपरकोटीले आर्म ब्याण्ड लगाए ।

इन्डोनेसियाको जितमा वितान सुलाइमानले दुई गोल गरे । यस्तै मुहमद दिमास द्रजाड, फाकरद्दिन , सादिल रामदानी, एलकान बागोट र मार्सेलिनो फेर्डिनानले एक एक गोल गरे ।

हारसँगै नेपालले अंक विहीन रहदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ अन्तरले पराजित भएको थियो ।

समूह ए बाट जोर्डन विजेता र इन्डोनेसिया उत्कृष्ट उपविजेताको रुपमा दोस्रो चरणमा स्थान बनाए ।

हारपछि नेपालका प्रशिक्षक किरण श्रेष्ठले रातो कार्डका कारण टिम दवावमा पर्दा हार वेहोरेको बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ४७ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा