४ बैशाख २०८१, मंगलबार | April 16, 2024

इन्डोनेसियासँग नेपालको लज्जास्पद हार



काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७-० को लज्जास्पद हार बेहोरेको छ ।

मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो । यो सँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ । नेपालका सुमन अर्याल ११ औं मिनेटमा दोहोरो पहँलो कार्डको सामना गरेका थिए ।

तीन खेल खेलेको नेपाल १३ गोल वेहोर्दै १ गोलमा चित्त बुझायो । नेपालको लागि एकमात्रै गोल दर्शन गुरुङले गरेका थिए ।

यस अघि इन्डोनेसियाविरुद्ध मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दोहोरो कार्डका कारण निलम्बन हुँदा नेपालको टेक्निकल एरियामा सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए ।

जुन खेलमा निर कुमार राई, शिव गुरुङले डेब्यु अवसर पाए । कप्तानमा नवयुग श्रेष्ठलाई आराम दिईदा पुजन उपरकोटीले आर्म ब्याण्ड लगाए ।

इन्डोनेसियाको जितमा वितान सुलाइमानले दुई गोल गरे । यस्तै मुहमद दिमास द्रजाड, फाकरद्दिन , सादिल रामदानी, एलकान बागोट र मार्सेलिनो फेर्डिनानले एक एक गोल गरे ।

हारसँगै नेपालले अंक विहीन रहदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा कुवेतसँग ४-१ अन्तरले पराजित भएको थियो ।

समूह ए बाट जोर्डन विजेता र इन्डोनेसिया उत्कृष्ट उपविजेताको रुपमा दोस्रो चरणमा स्थान बनाए ।

हारपछि नेपालका प्रशिक्षक किरण श्रेष्ठले रातो कार्डका कारण टिम दवावमा पर्दा हार वेहोरेको बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ४७ बजे

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका