४ पुस २०८२, शुक्रबार | December 20, 2025

ममको डल्ला अड्किएर मृत्यु भएपछि एम्स अस्पतालले जारी गर्‍यो यस्तो एडभाइजरी



नयाँ दिल्ली । अखिल भारतीय चिकित्सा विज्ञान संस्थान ( एम्स) ले भारतीयको प्रिय खाजा ममबारे एक सल्लाह जारी गरेको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो ।

एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पर्‍याइएको थियो ।

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए ।

मम अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।

उनको मृत्युको कारक मम पुष्टि भएपछि एम्सले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको