१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

संयुक्त राष्ट्र संघका उपमहासचिवले भनिन:- लुम्बिनी विश्व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र



भैरहवा । संयुक्त राष्ट्र संघका उपमहासचिव कानी विग्नराजाले लुम्बिनी विश्‍व मानव जगतकै आस्था र श्रद्धाको केन्द्र बन्दै गएको बताएकी छन् ।

नेपाल भ्रमणमा रहेकी यूएनडीपीका एसिया प्रशान्त क्षेत्रीय ब्यूरो निर्देशकसमेत रहेकी विग्नराजाले लुम्बिनी विश्‍व शान्तिका लागि प्रेरणास्थल रहेकाले अवलोकन गर्न आएको बताउँदै ऐतिहासिक, सांस्कृतिक र अध्यात्मिक रुपमा संसारकै पवित्रस्थल रहेको पनि बताइन् ।

लुम्बिनी ग्राममा पिपलको विरुवा रोप्दै उनले भनिन्, ‘यहाँबाट प्राप्त हुने ऊर्जा र पुण्य सबैको हितकारी हुन्छ ।’

उनको नेतृत्वमा आएको टोलिका सदस्यहरूले बुद्ध जन्मस्थल मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ अवलोकन गरी दीप प्रज्जवलनसहित प्रार्थना गरे ।

उनलाई लुम्बिनी क्षेत्र विकास कोषका सूचना अधिकारी हरिध्वज राईले कोषले गरेको काम, संरक्षणको प्रयास र गुरुयोजनाबारे जानकारी दिए ।

सन् २००८ मा लुम्बिनी आएका संयुक्त राष्ट्रसंघ महासचिव वानकी मुनपछि राष्ट्रसंघका पदाधिकारीको यो उच्चस्तरीय भ्रमण हो ।

संयुक्त राष्ट्र संघीय कार्यक्रम दिगो विकास लक्ष्य पूरा गर्न लुम्बिनी बौद्ध विश्‍वविद्यालय र यूएनडीपी नेपालबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

विश्‍वविद्यालयका उपकुलपति डा. हृदयरत्न बज्राचार्य र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागंगोडा लाबेले हस्ताक्षर गरेका थिए ।

पाँच वर्षे योजनाअन्तर्गत तीन बुँदामा समझदारी भएको हो । बृहत्तर लुम्बिनी विकास योजनाअन्तर्गतका क्षेत्रमा स्थानीय समुदायको स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिकस्तर उकासेर जीवनयापन सहज बनाइने उल्लेख छ ।

लुम्बिनीलाई ‘क्लिन’ र ‘ग्रिन’ बनाउन वातावरण संरक्षण गर्न विभिन्न कार्यक्रम गरिने पनि भएको छ ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ३८ बजे

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी

कर्णालीको सरकार बिस्तार, को को बने मन्त्री ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार बिस्तार गरेका छन्

काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत