७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

८२ लाखमा गाउँमा धारैधारा



सुर्खेत । दैलेखको डुङ्‍गेश्‍वर गाउँपालिका–२ स्थित कुइया देउली खानेपानी तथा सरसफाई योजनाअन्तर्गत एक सय १६ वटा धारा निर्माण भएका छन् ।

हेल्भेटास नेपाल, डुङ्‍गेश्‍वर गाउँपालिका र सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धारा निर्माण भएका हुन् । धारा निर्माणको लागत ८२ लाख ६ हजार रुपैयाँ हो ।

सुख्खाग्रस्त क्षेत्र यहाँका मानिसहरू नजिकै पानीको मूल नहुँदा पुस्तौंदेखि खानेपानीको समस्या खेप्दै आएका थिए ।

पर्यटकीय क्षेत्रको रूपमा रहेको कुइया ताल क्षेत्रको मुहानबाट खानेपानीको सुविधा गाउँमा पुर्‍याइएपछि भने स्थानीयवासीले वर्षौंदेखिको दुःखबाट छुटकारा पाएका छन् ।

योजना सम्पन्‍न भएसँगै देउली बजार, पैयाँचौर, सेर्माकोटको थापा टोल र खत्री टोल तथा त्रिकुलेका बासिन्दा लाभान्वित भएका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ५९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल