१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

गोरखाको भीमसेन थापाका पुर्वअध्यक्षसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी



गोरखा । डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पुर्वअध्यक्ष ईश्‍वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ८ स्थित भवानी सामुदायिक वनको वन पैदावरमा पाण्डेसहितले हानी नोक्सानी पुर्‍याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ ।

पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन् ।

‘वन पैदावरमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्’ कार्यालयका सूचना अधिकृत महेश पौडेलले भने ।

सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसकेका छन् । उनी प्रहरी हिरासतमा छन् ।

ढकालले दिएको वयानका आधारमा गाउँपालिकाका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो ।

पौडेलले भनेका छन्, ‘हामी अहिले अनुसन्धानकै क्रममा छौँ । आवश्यक अनुसन्धान सकिएपछि सरकारी वकिलको रायसहित जिल्ला अदातलमा मुद्दा दर्ता गर्छौँ ।’

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : २९ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा