९ पुस २०८२, बुधबार | December 25, 2025

एसपीपी सम्झौता गरेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य स्वीकार्य हुँदैन : एमाले



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’  (एसपीपी)सम्झौता गरेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य गरेको भन्दै आपत्ति जनाएको हो ।

देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य एमालेलाई स्वीकार्य नरहेको उनको भनाइ छ । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘सदनलाई, सरकारलाई, सिंगो देशलाई आग्रह गर्न चाहन्छु, नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य हुँदैन । हामी यो हुन दिँदैनौँ ।’

नेपालको सबै देशसँग मित्रता रहेको भन्दै उनले एसपीपी सम्झौताबारे सरकारले संसद्मा जवाफ दिनुपर्ने माग गरे । नेपाल सैन्य गठबन्धनमा जोडिँदा देशको परराष्ट्रनीति उल्लंघन हुने चेतावनी दिएका ज्ञवालीले भने, ‘एसपीपीका बारेमा मस्यौदा सार्वजनिक भएसँगै नेपालको सिङ्गो समाज त्रसित, आशंकित र गम्भीर भएको छ । कमसेकम यो लेभेलसम्म यो सरकार पुग्ला कसैले पनि अपेक्षा गरेको थिएन । कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ रु नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने रु’

कुनै देशको रणनीतिको साझेदार बन्न्न सक्दैनौँ भन्न नसक्नेलाई सरकारमा बसिरहन नैतिक अधिकार पनि नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ३० बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना