२९ असार २०८३, सोमबार | July 13, 2026

नेपाल अमेरिकी सैन्य गठबन्धनमा सामेल हुनै सक्दैन : एमाले महासचिव पोखरेल



बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशलाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी गराउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपालको असंलग्न परराष्ट्र नीति विपरित अमेरिकी सैन्य गठबन्धनमा सामेल गर्न खोजिएको बताए । पोखरेलले कुनै पनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले नरहेको स्पष्ट पारे । उनले भने, ‘नेपालको असंलग्न परराष्ट्र निति बिपरित अमेरिकी सैन्य रणनीतिमा देशलाई पुर्याएर गलत काम भैरहेको छ । कुनैपनि बहानामा सैनिक गठबन्धनको पक्षमा एमाले छैन । असंलग्न परराष्ट्र नीतिको पक्षमा एमाले छ ।’ उनले नेपाल अमेरिकी सैन्य गठबन्धनको पक्षमा हुनै नसक्ने जिकिर गरे ।

महासचिव पोखरेलले मुलुकको राजनीतिक निकासका लागि गठबन्धन राजनीति ठिक नभएको जिकिर गरे । उनले काँग्रेसले विकास र समृद्धिलाई पन्छाएर सत्ता राजनीति मात्र गरेको आरोप लगाए । पोखरेलले भने, ‘मुलुक असाधारण संकटमा छ । रेमिटेन्स वैधबाटोबाट आउन छाडेको छ । बैंकमा नेपाली रकम छैन । बजारमा पनि छैन । लगानी गर्ने क्षमता बैंकले गुमाईसकेका छन् । नेपाली रकम कालो धनवालाको ढुकुटीमा थन्किएको छ । मुल्यबृद्धि एमालेका बेला ३।७ थियो अहिले ७ प्रतिशत भन्दा बढि छ । तर कांग्रेसको ध्यान सत्ता टिकाउनेमा मात्र छ ।’

पोखरेलले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासन आयोगले गरेको कारवाहीको सिफारिस स्वायत्त निर्णय भएको बताए । उनले यसबारे केन्द्रीय कमिटीले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरे । पोखरेलले विष्णु पौडेलसँग सुमधुर सम्बन्ध रहेको दाबी गरे । उनले पौडेललाई कमजोर बनाएर पार्टी बलियो हुन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १ : ४३ बजे

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी