९ पुस २०८२, बुधबार | December 25, 2025

एसपीपीबारे संसदलाई सरकारको जवाफ – सम्झौताको प्रस्ताव आएको छैन, सरकारको बद्‌नाम गर्न खोजियो



काठमाडौं । सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीको प्रस्ताव नआएको दाबी गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौताको प्रस्ताव नआएको बताएका हुन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले एसपीपी सम्झौताको प्रस्ताव नआएको जानकारी दिँदै सरकारको बद्नाम गर्न खोजिएको आरोप लगाए ।

‘नेपाल सरकारले कुनै पनि ‘स्टेट पार्टनरसिप प्रोग्राम’का लागि इन्भाइट गरेको छैन, प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन । यो कुरा सरासर गलत हो, झुठा हो । सरकारलाई बद्नाम गराउने एउटा खेल मात्र हो,’ उनले भने ।

अमेरिकी सेना नेपालको इजाजतबेगर नेपाल आउन नसक्ने भन्दै उनले जबरजस्ती कुनै पनि सेना अर्को देशमा प्रवेश गर्न नसक्ने बताए ।

एसपीपीलाई एमाले सदनमा आपत्ति जनाउँदै सरकारको जवाफ मागेको थियो भने कांग्रेसका सांसद गगन थापाले पनि यसबारे प्रधानमन्त्रीले तत्काल सदनमा उभिएर जवाफ दिनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ०८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना