२० मंसिर २०८२, शनिबार | December 6, 2025

सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ



न्युयोर्क । युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका संयुक्त राष्ट्रसंघले जनाएको छ । तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन् ।

शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थियो । जसका कारण सहरका १२ हजार बासिन्दा त्यहाँ फसिरहेका छन् ।

सेभेरोदोेनेत्स्क कब्जा गर्नु रसियाको लागि शीर्ष सैन्य लक्ष्य भएको छ । रुसी सेनाले शहरको अधिकांश भाग नियन्त्रण गरेको छ ।

‘पानी र सरसफाइको अभाव ठूलो चिन्ता हो । यो हाम्रो लागि ठूलो चिन्ताको विषय हो किनभने मानिसहरू पानीबिना लामो समयसम्म बाँच्न सक्दैनन्’, राष्ट्र संघको मानवीय मामिला कार्यालयका प्रवक्ता सभियानो एब्रेउले भने ।

संयुक्त राष्ट्रले सहरमा फसेकाहरूलाई सहायता प्रदान गर्ने आशा राखेको छ । तर, निरन्तर लडाइँका कारण आफ्ना निकायहरु महिला, केटाकेटी र वृद्धसहित अझै पनि त्यहाँका नागरिकहरूमा सुरक्षित रूपमा पहुँच राख्न नसकेको राष्ट्रसंघले जनाएको छ ।

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ६ : ५६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय