१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता, नयाँ नाम – ग्लोबल आइएमई बीओके बैंक



काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) बीच मर्जर हुनेभएको छ ।

बिहीबार बिहान याक एण्ड यति होटलमा आयोजित एक कार्यक्रममा दुवै बैंकका तर्फबाट समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बराबरीको हैसियतमा गर्न लागिएको मर्जरको समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

मर्जरपछि नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके बैंक रहने भएको छ । बैंकको प्रमुख कार्यकारी निर्देशक सीईओमा रत्नराज बज्राचार्य रहनेभएका छन् । बज्राचार्य हाल ग्लोबल आइएमई बैंकको सीईओ रहेका छन् । दोस्रो स्थानमा भने बीओकेका श्रवण मास्के रहनेछन् ।

नेपाल राष्ट्र बैंकले यही असारभित्र मर्जरमा सहमति गर्न बैंकहरुलाई ताकेता गरेको थियो । असारभित्र मर्जरमा सहमति नगरे त्यसपछि कुनै पनि सुविधा नदिने घोषणा गरेपछि बैंकहरु तात्तिएका हुन् ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सहमति भैसकेको छ ।

 

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  १० : २१ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,