१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता



काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। जापानमा रहेको सम्पत्ति, परिवारका सदस्यको स्थायी आवासीय अनुमति (पीआर) र स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि उनले राजदूत नियुक्तिको प्रक्रिया अघि नबढाउने निर्णय गरेका हुन्।

सोमबार थापाले संसदीय सुनुवाइ समितिलाई पत्र पठाउँदै आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका हुन्। समितिका सभापति बोधनारायण श्रेष्ठले बैठकमा थापाको पत्र पढेर सुनाएका थिए।

सभापति श्रेष्ठका अनुसार थापाले स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेकाले नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराएका छन्। कानुनी रूपमा समस्या नरहे पनि राष्ट्रिय हित र स्वार्थको द्वन्द्वसँग जोडिएको विषयलाई ध्यानमा राखेर उनले यस्तो निर्णय लिएको श्रेष्ठले बताएका छन्।

गत असोज २८ गते संसदीय सुनुवाइका क्रममा सांसदहरूले थापाको जापान बसाइँ, त्यहाँ रहेको सम्पत्ति तथा परिवारका सदस्यको पीआरबारे प्रश्न उठाएका थिए।

सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, संविधानको धारा २९१ मा रहेको व्यवस्था र पीआर त्यागेको अवधिका विषयमा सांसदहरूले थप जिज्ञासा राखेका थिए।

त्यसपछि समितिले थप अध्ययन गर्ने भन्दै उनको सुनुवाइ प्रक्रिया स्थगित गरेको थियो। थापाको अवस्थाबारे जानकारी लिन समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग समेत विवरण मागेको थियो।

यसअघि सरकारले विभिन्न देशका लागि १३ जना राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। तीमध्ये असोज २८ गतेको बैठकमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरेको थियो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो।

जापानका लागि प्रस्तावित थापाको नाम भने थप अध्ययनका लागि रोकिएको थियो। अन्ततः उनले स्वयं नाम फिर्ता लिएका छन्।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ४ : ३५ बजे

राशिद र करणको विस्फोटक ब्याटिङमा कर्णाली विरुद्ध काठमाण्डुको जित

काठमाडौं । राशिद खान र कप्तान करण केसीको उत्कृष्ट ब्याटिङमा

सशस्त्र प्रहरीबाट ७ महिनाको अवधिमा १ अर्ब ३३ करोड बढीको अबैध सामाग्री बरामद

काठमाडौं । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले लिए नाम फिर्ता

काठमाडौं । जापानका लागि नेपाली राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालक पर्वतका सुमन अधिकारीको मृत्यु

काठमाडौं । काठमाडौंको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक