६ श्रावण २०८३, बुधबार | July 22, 2026

भट्टराई-यादव सल्लाहमै छोडपत्र



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन । पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो । अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ। यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्‍याएको छ ।

मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट थिए । पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गरेका छन् । उनले यादवको एकल निर्णय भएको र त्यसलाई नमान्न आग्रह गरेका थिए । त्यसो गरे आफूसँग रहेका सांसदहरूले समर्थन फिर्ता लिने उनले देउवालाई चेतावनीसमेत दिएका थिए ।

प्रधानमन्त्री देउवाले पार्टीभित्रको विवाद मिलाएर मात्र मन्त्री हेरफेर गर्ने आश्वासन भट्टराईलाई दिए । गत मंगलबार यादवसँगको भेटमा प्रधानमन्त्री देउवाले मन्त्री फेरबदलका लागि पार्टीभित्र सहमति गरेर आउन सुझाएका थिए । तर, पार्टीभित्र त्यो विषयमा सहमति नभएको जसपाका नेताहरू बताउँछन् । यो विषयले नै दुई नेतालाई आ-आफ्नै बाटो लाग्नेसम्मको अवस्थामा पुर्‍याएको छ । मन्त्री फेरबदलकै विषयलाई लिएर चर्को विवाद भएपछि बुधबार राति भट्टराई र यादवबीच वार्ता भएको थियो । वार्तामा अलग हुने सहमति भएको अध्यक्ष यादव बताउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा बाबुराम भट्टराईले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ११ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको