२० मंसिर २०८२, शनिबार | December 6, 2025

भट्टराई-यादव सल्लाहमै छोडपत्र



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन । पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो । अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै विवाद अझै चुलिएको छ। यही विवादले दुई अध्यक्षलाई अलगअलग बाटोमा हिँड्ने अवस्थासम्म पुर्‍याएको छ ।

मन्त्री बनाउने र कारबाही गर्नेसम्मको अधिकार पनि अध्यक्ष यादवले आफैं राख्दा भट्टराई असन्तुष्ट थिए । पछिल्लो समय यादवले मन्त्री फिर्ता बोलाउने निर्णय गर्दा भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आग्रह गरेका छन् । उनले यादवको एकल निर्णय भएको र त्यसलाई नमान्न आग्रह गरेका थिए । त्यसो गरे आफूसँग रहेका सांसदहरूले समर्थन फिर्ता लिने उनले देउवालाई चेतावनीसमेत दिएका थिए ।

प्रधानमन्त्री देउवाले पार्टीभित्रको विवाद मिलाएर मात्र मन्त्री हेरफेर गर्ने आश्वासन भट्टराईलाई दिए । गत मंगलबार यादवसँगको भेटमा प्रधानमन्त्री देउवाले मन्त्री फेरबदलका लागि पार्टीभित्र सहमति गरेर आउन सुझाएका थिए । तर, पार्टीभित्र त्यो विषयमा सहमति नभएको जसपाका नेताहरू बताउँछन् । यो विषयले नै दुई नेतालाई आ-आफ्नै बाटो लाग्नेसम्मको अवस्थामा पुर्‍याएको छ । मन्त्री फेरबदलकै विषयलाई लिएर चर्को विवाद भएपछि बुधबार राति भट्टराई र यादवबीच वार्ता भएको थियो । वार्तामा अलग हुने सहमति भएको अध्यक्ष यादव बताउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा बाबुराम भट्टराईले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ११ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय