२० श्रावण २०८३, बुधबार | August 5, 2026

साझेदारी वनद्वारा साढे तीन लाख बिरुवा उत्पादन



चन्द्रौटा । कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बिरुवा उत्पादन गरेका छन । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न बिरुवा उत्पादन गरी वितरणको तयारी गरेका छन् ।

उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले जानकारी दिए । बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा वृक्षरोपणका लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवा उत्पादन गरिरहेको बताए ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई ध्यानमा राखी फलफूलका बिरुवा वितरण गर्ने कपिलवस्तु साझेदारी वनका अध्यक्ष गणेश तिवारीले बताए । बिरुवाको मागसहित निवेदन दिने क्रम सुरु भएकाले अब केही दिनमा वितरण सुरु गरिने तिवारीले बताए ।

कपिलवस्तु साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । महाराजगञ्ज नगरपालिका क्षेत्रमा विभिन्न नर्सरीमा बिरुवा उत्पादन गरेको सहायक वन अधिकृत एजाज अन्सारीले बताए । यस्तै शिवराज साझेदारी वनले यस वर्ष एक लाख २० हजार र गौतमबुद्ध साझेदारी वनले एक लाख १० हजार बिरुवा उत्पादन गरेका छन् । टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुनालगायत बिरुवा उत्पादन भएको र उपभोक्तालाई निःशुल्करूपमा बिरुवा वितरण गर्ने तयारीमा रहेको सहायक वन अधिकृत प्रेमशङ्कर गुप्ताले बताए ।

डिभिजन वन कार्यालय गौतमबुद्धले यस वर्ष दुई लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ । बहुवर्षीय बिरुवाअन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गरिने डिभिजन वन कार्यालय योजना शाखाका अधिकृत गणेश चौधरीले बताए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ४२ बजे

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । देशका विभिन्न ५२ जिल्लामा भएका विपद्का ६६ घटनामा

राष्ट्र बैंकले ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

इरान युद्धपछि अमेरिकी मिसाइल भण्डार ‘खतरनाक रूपमा न्यून’

काठमाडौं । इरानसँगको युद्धका क्रममा अमेरिकी सेनाले प्रयोग गर्ने अत्याधुनिक

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन